Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेको नाम ,अन्तै पुर्‍याईयो दाम, कहिले हुन्छ काम ? साना योजनामा रुमल्लीयो नयाँ शहर,पहुँचको आधारमा बजेट अन्यत्रै

साँफेको नाम ,अन्तै पुर्‍याईयो दाम, कहिले हुन्छ काम ? साना योजनामा रुमल्लीयो नयाँ शहर,पहुँचको आधारमा बजेट अन्यत्रै

अछामको साँफेबगरलाई नयाँ शहर बनाउने योजना कछुवाको गतिमा छ । बिश्व बैकको अनुदानमा नेपाल सरकारले २०६८÷६९ सालमा देशका १० ओटा नमूना शहर मध्ये अछामको साँफेबगरलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो । पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको भएपनि नमूना शहर निर्माणको काम भने अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन । सुस्तगतिमा रहेको काम गत वर्ष कोरोनाका कारणले ठप्प भयो ।

यो वर्ष ५ योजनाको टेण्डर गरिएको छ । ३ लाख ७२ हजारको शबदाह निमार्ण,४ लाख ९७ हजारको साँफेबगर क्षेत्रमा नाली निमार्ण,३ लाख ४१ हजारको एयरपोट बजारको सडक निमार्ण,६ लाख ३५ हजारको जनकल्याण देखि एरपोर्ट बजारसम्म सडक निमार्ण,४ लाख ७३ हजार हिमालय माबी देखि बिम्कोट खोलासम्म सडक निमार्णको ठेक्का गरिएको छ । नयाँ शहर आयोजना साना– साना योजना निमार्णमा रुमल्लीन थालेको छ । बहुउदेश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्क जस्ता ठुला योजनाहरुको काम सुरुवात नै हुन सकेको छैन । अहिले ससाना सडक निमार्ण लगायतका कामहरु भईरहेका छन् ।आयोजनाले आवश्यक जग्गा खरिद गर्न नसक्दा र ऐलानी जग्गा आयोजना मातहतमा लिन नसक्दा सोचेअनुरुप काम हुनसकेको छैन ।

नयाँ शहर अन्तर्गत  साँफेबगरको मुख्य बजार रहेको वडा नम्बर ३ र ४ मा काम हुनुपर्नेमा पहुँचको आधारमा सडक निमार्णका नाममा नयाँ शहरको बजेट अन्यत्रै जान थालेको छ । तत्काल साँफेको ३ र ४ वडामा काम हुनुपर्छ त्यसपछि बिस्तारै अन्य ठाउँमा,भागेश्वरमा ३ सय जनसंख्या पनी छैनन् तर त्यहाँ ९ करोड भन्दा बढी बजेटले सडक निमार्ण भएको छ । ‘पहिलो प्राथमिकता वडा नम्बर ३ र ४ पर्छ एक जना कर्मचारीले भने तर बजेट अन्य ठाउँमा जान थाल्यो । केन्द्रबाट नै पहुच भएकाहरुले बजेट आफ्नो आफ्नो क्षेत्रमा हाल्न थाले ।’ अहिले जग्गा एकिकरणको काम अन्तर्गत  जग्गा प्लटिङ्गको काम जयाकोटमा काम भईरहेको छ । जग्गा प्लटिङ्गको लागी दुई बर्ष अघि भएको ठेक्काको थियो । अहिले काम सुरु भएको २ महिना भयो । जग्गा बिवादका कारण दुई बर्ष अगाडी काम हुन नसकेको नयाँ शहर आयोजनाका ईन्जिनियर ललित बुढाले बताए ।

बसपार्कका लागी आश्यक २९ रोपनी जग्गा खरिद प्रकृया अगाडी बढेको पुर्ब नगर बिकास समितिका अध्यक्ष मोहन कुँवरले बताए । बसपार्कका लागी ५० लाख बजेट आएको र बसपार्क खरिदका लागी मुआब्जाका लागी ४ करोड रकम पनी आएको उनले बताए । आयोजना प्रमुख सक्रीय नहुँदा नयाँ शहरको कामले गति लिन नसकेको स्थानीयले बताए । नयाँ शहर आयोजना अन्तर्गत हालसम्म साँफेबगर बजारमा १ करोड ५७ लाखको सोर्य बत्ति जडान, ६० लाखको साँफेबगर खानेपानी आयोजना निमार्ण लगायतका काम मात्र सम्पन्न भएको छ । नयाँ शहरका लागी ८० करोड बराबरको स्टेमेट तयार गरेर केन्द्र सरकारलाई पेस गरिएको छ । 

प्रतिक्रिया