Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेको नाम ,अन्तै पुर्‍याईयो दाम, कहिले हुन्छ काम ? साना योजनामा रुमल्लीयो नयाँ शहर,पहुँचको आधारमा बजेट अन्यत्रै

साँफेको नाम ,अन्तै पुर्‍याईयो दाम, कहिले हुन्छ काम ? साना योजनामा रुमल्लीयो नयाँ शहर,पहुँचको आधारमा बजेट अन्यत्रै

अछामको साँफेबगरलाई नयाँ शहर बनाउने योजना कछुवाको गतिमा छ । बिश्व बैकको अनुदानमा नेपाल सरकारले २०६८÷६९ सालमा देशका १० ओटा नमूना शहर मध्ये अछामको साँफेबगरलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो । पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको भएपनि नमूना शहर निर्माणको काम भने अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन । सुस्तगतिमा रहेको काम गत वर्ष कोरोनाका कारणले ठप्प भयो ।

यो वर्ष ५ योजनाको टेण्डर गरिएको छ । ३ लाख ७२ हजारको शबदाह निमार्ण,४ लाख ९७ हजारको साँफेबगर क्षेत्रमा नाली निमार्ण,३ लाख ४१ हजारको एयरपोट बजारको सडक निमार्ण,६ लाख ३५ हजारको जनकल्याण देखि एरपोर्ट बजारसम्म सडक निमार्ण,४ लाख ७३ हजार हिमालय माबी देखि बिम्कोट खोलासम्म सडक निमार्णको ठेक्का गरिएको छ । नयाँ शहर आयोजना साना– साना योजना निमार्णमा रुमल्लीन थालेको छ । बहुउदेश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्क जस्ता ठुला योजनाहरुको काम सुरुवात नै हुन सकेको छैन । अहिले ससाना सडक निमार्ण लगायतका कामहरु भईरहेका छन् ।आयोजनाले आवश्यक जग्गा खरिद गर्न नसक्दा र ऐलानी जग्गा आयोजना मातहतमा लिन नसक्दा सोचेअनुरुप काम हुनसकेको छैन ।

नयाँ शहर अन्तर्गत  साँफेबगरको मुख्य बजार रहेको वडा नम्बर ३ र ४ मा काम हुनुपर्नेमा पहुँचको आधारमा सडक निमार्णका नाममा नयाँ शहरको बजेट अन्यत्रै जान थालेको छ । तत्काल साँफेको ३ र ४ वडामा काम हुनुपर्छ त्यसपछि बिस्तारै अन्य ठाउँमा,भागेश्वरमा ३ सय जनसंख्या पनी छैनन् तर त्यहाँ ९ करोड भन्दा बढी बजेटले सडक निमार्ण भएको छ । ‘पहिलो प्राथमिकता वडा नम्बर ३ र ४ पर्छ एक जना कर्मचारीले भने तर बजेट अन्य ठाउँमा जान थाल्यो । केन्द्रबाट नै पहुच भएकाहरुले बजेट आफ्नो आफ्नो क्षेत्रमा हाल्न थाले ।’ अहिले जग्गा एकिकरणको काम अन्तर्गत  जग्गा प्लटिङ्गको काम जयाकोटमा काम भईरहेको छ । जग्गा प्लटिङ्गको लागी दुई बर्ष अघि भएको ठेक्काको थियो । अहिले काम सुरु भएको २ महिना भयो । जग्गा बिवादका कारण दुई बर्ष अगाडी काम हुन नसकेको नयाँ शहर आयोजनाका ईन्जिनियर ललित बुढाले बताए ।

बसपार्कका लागी आश्यक २९ रोपनी जग्गा खरिद प्रकृया अगाडी बढेको पुर्ब नगर बिकास समितिका अध्यक्ष मोहन कुँवरले बताए । बसपार्कका लागी ५० लाख बजेट आएको र बसपार्क खरिदका लागी मुआब्जाका लागी ४ करोड रकम पनी आएको उनले बताए । आयोजना प्रमुख सक्रीय नहुँदा नयाँ शहरको कामले गति लिन नसकेको स्थानीयले बताए । नयाँ शहर आयोजना अन्तर्गत हालसम्म साँफेबगर बजारमा १ करोड ५७ लाखको सोर्य बत्ति जडान, ६० लाखको साँफेबगर खानेपानी आयोजना निमार्ण लगायतका काम मात्र सम्पन्न भएको छ । नयाँ शहरका लागी ८० करोड बराबरको स्टेमेट तयार गरेर केन्द्र सरकारलाई पेस गरिएको छ । 

प्रतिक्रिया