Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कांग्रेस चुनावबाट नभाग्ने तर संविधान मिचेर गरिने कुनै पनि निर्णय काङ्ग्रेसलाई मान्य हुने छैन - नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डा . डिला संग्रौलाले

कांग्रेस चुनावबाट नभाग्ने तर संविधान मिचेर गरिने कुनै पनि निर्णय काङ्ग्रेसलाई मान्य हुने छैन - नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य  डा . डिला संग्रौलाले

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवंम महिला नेतृ डा . डिला संग्रौलाले वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भइरहेको बताउनु भएको छ । संसद् विगठन असंवैधानिक र प्रतिगामी कदम भएको बताउदै त्यसका लागि कांग्रेसले आन्दोलन समेत गरिरहेको बताउनु भएको छ । उहाँले बैशाखको निर्वाचन केपी ओली सरकारले गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले रास्ट्रबादी भन्निने नेकपा नेता भिम रावलले अछामी जनतालाई झुटको खेती गरेर जनतालाइ धोका दिएको बताउनु भएको छ ।

उहाँले भिम रावललाइ गृहमन्त्री मन्त्री हुदा कति जना अछामी जनतालाइ स्वरोजार दिनु भयो ? भन्दै प्रश्न गर्नु भयो । साथै अहिले पनि भिम रावल कुर्चिका लागि सडकमा आन्दोलन गरिहेको बताउनु भयो । नेपाल महिला संघ क्षेत्र. न. २ को प्रथम क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको आसन बाट बोल्दै नेतृ संग्रौलाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ ।

निर्मला पन्त लगायतका घटनाका दोषीलाई सरकारले कानुनी दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरिरहेको त छैन भनेर आशंका पैदा भएको उहाको भनाइ छ । महिला संघ क्षेत्र. न. २ कि सभापति भुमिसरण ढकाल बजगाँई को सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै पुर्ब पाटी सभापति मेघराज खड्काले प्रधानमन्त्री ओली सरकारले गरेको प्रतिनिधि सभा विघटन प्रतिगामी र अलोकतान्त्रिक कदम भएको बताउनु भएको छ । नेता खड्काले  देशको समृद्धि को लागि काङ्ग्रेस को विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा महिला संघका केन्दिय कोषाध्यक्ष जानकी सिंह, संगठन केन्द्रिय बिभाग सदस्य गणेश बिस्ट, महिला संघका जिल्ला अध्यक्ष अनुराधा स्वाँर, माहाधिबेसन प्रतिनीधि सुरत बहादुर बिस्ट, बैतडी क्षेत्र. न. २ सभापती तेज चन्द , महाधिवेशन प्रतिनिधि कमल बिक , नेपाल विद्यार्थी संघ बैतडी का सभापति कपिल केसि ले मन्तव्य राख्नु भएको थियो । ढकारी गाउपालिका उपाध्यक्ष एबम महिला नेतृ लक्ष्मी साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन महिला संघका सचिव पुर्णा शाहाले गर्नुभएको थियो ।

प्रतिक्रिया