Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

उद्योग दर्तादेखि कर भुक्तानीसम्मका सुविधा नागरिक एपबाटै दिनेछौं : मन्त्री गुरुङ

उद्योग दर्तादेखि कर भुक्तानीसम्मका सुविधा नागरिक एपबाटै दिनेछौं : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एपमा नयाँ सुविधा थप्दै परिमार्जन गरिने बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी सेवाहरु मोबाइलबाटै प्रवाह गर्नेगरी सञ्चालन गरिएको यो एपलाई थप प्रभावकारी बनाइने बताए ।

व्यवसायीहरुले उद्योग, व्यवसाय सञ्चालन गर्न दर्ता प्रक्रियादेखि कर तिर्नसम्म झन्झट बेहोरिरहेको गुनासोहरु नागरिक एप प्रयोगपछि सुन्न नपर्ने पनि मन्त्री गुरुङले प्रष्ट पारे ।

सरकारी सेवाका लागि कार्यालय जानु नपर्ने र कुनै झण्झट बेहोर्नु नपर्ने गरी नागरिक एप सुरु गरिएको तर्क गर्दै उनले उनले पेपरलेस, फेसलेस र लाइन हाेइन, अनलाइनबाट सेवा प्रवाह भन्ने अभियानलाई सफल बनाउन व्यवसायीहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अर्काे एक सन्दर्भमा उनले सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा विद्युतीय सामग्रीसँग नङ र मासुकोजस्तै सम्बन्ध भएकाले पनि विद्युत व्यवसायीसँग सहयाेगकाे अपेक्षा राखे ।

यसैबीच सरकारले नागरिक एपमा रहेका त्रुटि सच्याउन र नयाँ सुविधा थप्न गृहकार्य गरिरहेको सूचना तथा प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताएका छन् । सेवाग्राही र सरोकारवालाको राय अनुसार एप परिमार्जनको काम भइरहेको उनले बताए ।

गृह मन्त्रायलयले चाँडै नै मोबाइल एपबाटै नागरिकता विवरणमा भेटिएको त्रुटि सच्याउन मिल्ने सुविधा ल्याउन लागेको बताउँदै उनले यसपछि एप थप प्रयोगर्तामैत्री हुने बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ