Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

वडाध्यक्षहरुले लगाए मेयरले कीर्ते गरी १२ करोड हिनामिना गरेको आरोप

वडाध्यक्षहरुले लगाए मेयरले कीर्ते गरी १२ करोड हिनामिना गरेको आरोप

बाराको सिम्रौनगढको नगरसभामा कीर्ते गरी १२ करोड हिनामिना भएको भन्दै वडाध्यक्ष र कार्यापालिका सदस्यहले कारबाहीको माग गरेका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सिम्रौनगढ ४ का वडाध्यक्ष राजेशप्रसाद यादव, वडा नंं १० का वडाध्यक्ष हरिशंकरप्रसाद यादव र कार्यापालिका सदस्य परमाननन्द मुखियाले कारबाहीको माग गरेका हुन्। नगरसभामा कीर्ते गरी करोडौं हिनामिना भएको थाहा पाएपछि प्रहरीमा उजुरी पनि दिएको उनीहरुले बताए।

वडाध्यक्ष राजेशले भने, ‘२०७७÷७८ को नगरसभामा कीर्ते गरेर १२ करोड हिनामिना गरेको छ। गत असार ८ गते बसेको नगरसभामा ३१ जनाको उपस्थिति थियो, त्यसमा ५ जनाको हस्ताक्षर कीर्ते छ।’

आफूहरुले थाहा पाउने बितिक्कै प्रहरीमा उजुरी दिएको उनले बताए। उनले भने, ‘सरकारी वकिलकहाँ फाईल गएको छ। बारा जिल्लामा गएर मुद्दा दर्ता हुनुपर्यो। हामीले त प्रहरी कार्यालयमा दर्ता गराएका छौं। तर, सरकारी वकिलले बदमास गरेको छ।’

नगरसभामा ठूलो रकम हिनामिना गर्ने र कीर्ते गर्ने मेयर विजय शंकर यादव, प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल भएको पनि उनको भनाइ छ। उनीहरुलाई साथ दिने लेखा अधिकृत सर्वेन्द्र चौधरी र योजना शाखा प्रमुख जितेन्द्र यादव रहेको उनको आरोप छ।

उनले यसमा जिल्ला अदालतमा फाईल पठाएर मुद्दा दर्ता गराउन माग गरेका छन्। उनका अनुसार नगरसभा सदस्य कपिलदेव साह, पानादेवी चमाई, रमावती कुशवाह, श्रीपती दुस्साधिन र रम्बा साहको नामको हस्ताक्षर कीर्ते भएको थियो।

प्रतिक्रिया