Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गुरुको काम, सामाजिक सञ्जालमा तथानाम

गुरुको काम, सामाजिक सञ्जालमा तथानाम

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नुभएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईको पदीय जिम्मेवारी र यसबीच सामाजिक सञ्जालमा रंगाइएका भाषाले फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ हुन थालेको छ । विशेषगरी प्रधानमन्त्रीको अन्ध समर्थन र नेकपाका शीर्ष नेताहरूको मानमर्दन हुनेगरी सामाजिक सञ्जाल रंगाएकै कारण उनलाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धक बनाइएको थियो । तर,अहिले रेल कुदाउने व्यवस्था मिलाउन छाडेर उनी चौबिसै घण्टा सामाजिक सञ्जालमा मनपरी लेख्न व्यस्त छन् ।

रेल्वे कम्पनीको आधिकारिक फेसबुक पेजमा पाँच महिनाअघि भारतको जयनगर आइपुगेको नेपाल रेल्वेको एउटा फोटो पोष्ट गरेपछि कुनै प्रगत देखाएका छैनन् । तर,त्यहि कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा दिन-रात नभनी आफ्नो सामाजिक सञ्जालमा हालिएका र लेखिएका सामाग्रीले जग हँसाएको छ ।

सरकारी नियुक्ति लिएर जिम्मेवारी वहन गरेका भनिएका महाप्रबन्धकले शुक्रबार नेकपाका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालप्रति विषवमन गरेका छन् ‘केपी ओलीले व्यवस्था गरेको मल आयात गर्न नसकेर भागेको नालायक मन्त्री भुषाल भन्छन्– मैले  बुझेको र चिनेको प्रधानमन्त्री । गफ नलडाऊँ । नालायकहरूलाई जनताले चिनिसके ।’

उनले सामाजिक सञ्जालमा विना आधार र प्रमाण ‘नालायक’ शब्दको प्रयोग गरेका छन् ।शुक्रबार नै उनले पदमुक्त गरिएका प्रदेश नम्बर २ का प्रमुख तिलक परियारको हवाला दिँदै फेसबुकमा लेखेका छन् ‘पदमुक्त गर्ला भन्ने कुनै शंका गरेको थिइनँ,पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट इमेल आएपछि झसङ्ग भएँ । पदमुक्त गरिएको मामिलामा राष्ट्रपति कार्यालयले इमेलबाटै जानकारी गरायो र अहिलेसम्म फोनमा कुनै प्रकारको खबर आएको छैन ।’

परियारलाई ‘अपराधी’ को संख्या दिँदै बर्खास्तीको कारण पुष्टि गरेर भट्टराईले लेखेका छन् ‘प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त । मलाई बदनाम गराउन खेताला लगाउने यिनै हुन् । यस्ता माननीयको पनि समय आएपछि हिसाब किताब हुन्छ भनेर अस्ति मात्रै मैले भनेथेँ । राजकीय पदमा बसेर सबै अराजकीय दबाब बनाउनेहरू ओली सरकारमा टिक्न गाह्रो छ । अपराधीहरूले बेलैमा बुझ्दा राम्रो । टिट फर ट्याट ।’

राजनीतिक क्षेत्रका व्यक्तित्वलाई मात्रै होइन उनले कानुन व्यवसायीहरूलाई पनि सराप्न बाँकी राखेका छैनन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीकोतर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेललाई नामै किटेर लेखेका छन् ‘संवैधानिक इजलासलाई धम्कि–प्रणाली नै ध्वस्त हुन लागेको छ । एउटा कम्पन हामी पनि ल्याउँ भन्ने लागेको भए मात्र पुस ५ मा भएको संसद विघटनलाई सदर गरियोस् । सडकमा त धम्क्याउँदै थिए, अदालतभित्रै पनि धम्क्याउन थालेछन् ।’

प्रतिक्रिया