Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामको रामारोशनमा छाउपडी कु-प्रथाविरुद्ध राष्ट्रव्यापी चित्रकला प्रतियोगिता

अछामको रामारोशनमा छाउपडी कु-प्रथाविरुद्ध राष्ट्रव्यापी चित्रकला प्रतियोगिता

अछाम जिल्ला प्रशासन कार्यलय अछामले छाउपडी कु-प्रथा, बालविवाह र जातीय विभेद हटाउन राष्ट्रव्यापी वृहत् चित्रकला प्रतियोगिता आयोजना गरेको छ। अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले यो प्रतियोगिता गर्न लागिएको बताएका छन । उपाध्यायका अुनसार प्रतियोगिताको प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार व्यवस्था गरिएको जानकारी सोमबार दिएका छन ।

यो प्रतियोगिताको प्रथम चरणमा कलाकारले उक्त थिममा चित्रकला तयार पारी फागुन १८ गतेभित्र जिल्ला प्रशासन कार्यालयको ईमेलमा पठाइसक्नुपर्ने छ। उक्त चित्रलाई सामाजिक सञ्जाल फेसबुकमा भोटिङका लागि राखिने भएको छ। त्यससँगै विज्ञहरुको मतका आधारमा उत्कृष्ट १० जनालाई दोस्रो चरणका लागि बोलाइने भएको छ।

यो क्रममा थप १० कलाकारलाई आयोजकले विज्ञहरुको परामर्श तथा व्यक्त्तिगत अन्तर्वार्ताका आधारमा सोझै प्रतियोगितामा बोलाइने जिल्ला प्रशासन कार्यालय अछामले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सहभागी हुन चाहने कलाकारहरुले अछामका सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैनालाई ९८५८४८८०७० मा सम्पर्क गरी नाम दर्ता गराउन सक्ने छन ।

यो अभियान लाई सफल पार्न सबैको साथ, सहयोग, समर्थन र सुझाव का लागी समेत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले आफ्नो फेसबुक पोष्ट मार्फत अनुरोध समेत गरेका छन । 

 

यस अभियानमा साथ, सहयोग, समर्थन, सुझाव तथा अत्यधिक सेयर गरी सफल बनाउनु हुन अनुरोध !

Posted by Gokarna Upadhyay on Monday, February 22, 2021

प्रतिक्रिया