Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्थानिय सरकारलाई वनको अधिकांस अधिकार

स्थानिय सरकारलाई वनको अधिकांस अधिकार

गर्मी महीना सुरुभएसंगै वनमा लाग्ने ड’ढेलो नियन्त्रणका लागी संञ्चार माध्यामको भुमीका सहीत पत्रकारसँगको छलफल मंगलसेनमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय अछामको आयोजनामा भएको छलफलमा समग्र जिल्लामा राष्ट्रिय, सामुदायिक, कबुलियती तथा निजी वनको अबस्थाका बिषयमा पत्रकारलाई जानकारी गराईएको थियो ।

छलफल सम्पुर्ण पत्रकारलाई डिभिजन वन कार्यालय मार्फत भएका कामको बारेमा जानकारी गराउदै डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले सिमीत कर्मचारी भएपनी जिल्लामा थुप्रै कार्य भईरहेको बताए ।

देश संघियतामा गएसँगै कर्मचारीको अभाब हुदै गएकाले कर्मचारीलाई भन्नु भन्दा पनी स्वयम उपभोक्ता जिम्मेवार भई संरक्षणमा लागे वनको संरक्षण गर्न सकिने बताए ।

समुदाय स्तरमा भएका हरेक किसीमका वनको जिम्मा स्थानिय सरकारलाई दिईएकाले कुनै पनी हिसाबमा स्थानिय सरकार पञ्छिन नमिल्ने बताए । कर्मचारीको स्तरबाट वन जोगाउन आफ्नो जहीले पनी सहयोग रहने बताउदै उपभोक्तालाई जगाउने कार्यमा स्थानिय सरकार लाग्न आग्रह गरे ।

गर्मी महीना सुरु भएकाले वनमा लाग्ने डढे’लो नियन्त्रणका लागी संञ्चार माध्यामको भुमीका अग्रणी भएकाले सहयोग गरिदिन उनले आग्रह गरे ।

डढेलो नियन्त्रणका प्रत्येक घरका सदस्य उत्तिकै जिम्मेवारी हुने भएकाले वन जोगाउन सबैले कर्तव्य पालना गरिदिन आग्रह गरे । उपभोक्ता सजग सचेत भए मात्र कर्मचारी सक्रिय हुने भएकाले सहयोग आवश्यक परे स्थानीय सरकार डिभिजन वनमा सम्पर्क गर्न भट्टराईले आग्रह आग्रह गरे ।

डिभिजन वन कार्यालय अछामको प्रागणमा भएको पत्रकारसँगको छलफलमा सम्पुर्ण पत्रकारको सहभागीता रहेको थियो । छलफल कार्यक्रमको संञ्चालन वन अधिकृत तथा सुचना अधिकारी विमल चन्दले गरेका थिए।

प्रतिक्रिया