Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोना विरुद्धको खोप सुदूरपश्चिममा झण्डै साढे २३ हजारले लगाए

कोरोना विरुद्धको खोप  सुदूरपश्चिममा झण्डै साढे २३ हजारले लगाए

सुदूरपश्चिम प्रदेशमा झण्डै साढे २३ हजार जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाइएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीकाअनुसार प्रदेशभर हालसम्म २३ हजार ४ सय १७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका हुन्। 

पहिलो चरणको पहिलो लक्षित समूह र पहिलो चरणकै दोस्रो लक्षित समूह समेत गरेर १९ हजार १ सय ९५ जना पुरुष र ४ हजार २ सय ७ जना महिलाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा सबैभन्दा धेरै ६ हजार ७ सय १० जनाले खोप लगाएका छन्।

कञ्चनपुरमा ३ हजार ५ सय ३८, डोटी ३ हजार १६ जना, बैतडी १ हजार ८ सय ४५ जना, बझाङमा १ हजार ७ सय ७७ जनालाई खोप  लगाइएको छ। 

यस्तै, अछाममा १ हजार ७ सय ९३, दार्चुलामा १ हजार ७ सय ४६, डडेल्धुरामा १ हजार ६ सय र बाजुरामा १ हजार ३ सय ८९ जनाले खोप लगाएका छन्।

पहिलो चरणको अभियान अन्तरगत प्रदेशभर २६ हजार ७ सय ४४ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ८७ दशमलव ५५ प्रतिशतले खोप पाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

प्रतिक्रिया