Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

ग्राहक आफैँले सेवा सञ्चालन गर्न सक्ने सुविधा सहित एनसेलएपको नयाँ संस्करण सार्वजनिक

ग्राहक आफैँले सेवा सञ्चालन गर्न सक्ने सुविधा सहित एनसेलएपको नयाँ संस्करण सार्वजनिक

एनसेलका ग्राहकले अब सजिलै एनसेल एपबाटै आफ्नो आवश्यकताअनुसार सेवाहरु सञ्चालन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएसँगै त्यस्तो सुविधा उपलब्ध भएको हो । 

यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने दाबी कम्पनीले गरेको छ । 

एनसेलले एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा उक्त एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डाटा निःशुल्क प्रदान गर्ने घोषणा पनि गरेको छ ।

यो एपका प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरू तत्कालै सुचारु गर्न सक्नुका साथै विभिन्न कार्य पनि गर्न सक्नेछन् ।

एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्नेछन् । त्यसका लागि ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डाटा र भ्वाइस प्याक लिन सक्ने कम्पनीको भनाइ छ ।

क्जष्पजबच क्ष्लकगचबलअभीष्दभचतथ ऋयििभनभ
त्यसैगरी, यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवाखपतको ट्रयाकिङजस्ता कार्यहरू पनि गर्न सक्नेछन् । यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि छ ।

त्यस्तै, एपमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि छ र बिनायूएसएसडी कोडको प्रयोग गरी सेवाहरू सुचारु गर्न सक्छन् । 

एनसेलका ग्राहकले गुगलप्ले स्टोर र एप्पलएप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया