ताजा अपडेट
जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन दान
जन्मदिनका अवसरमा धनगढी उपमहानगरपालिका स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरिएको छ । साँफेबगरमा रहेको पन्त जनरल स्टोरका प्रोप्राईटर सुरेस प्रसाद पन्तले आफ्नो जन्मदिनको अवसर पारेर उक्त भोजन दान कार्यक्रम गर्नुभएको हो ।

धनगढी उप महा नगरपालिका २ घर भई हाल अछाम को साँफेबगर मा व्यवसाय संचालन गर्नुभएका पन्तले मानवसेवा आश्रमका करिब ५३ जना असहाय वृद्धवृद्धा तथा बालबालिकालाई भोजन दान गर्नुभयो । मंगलबार बेलुकी सम्पन्न भोजन दान कार्यक्रममा उधोग बाणिज्य संघ कैलालीका सचिव सिद्धाराज पनेरुले जन्मदिनको शुभकामना दिँदै मानव सेवा आश्रमलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराएर मनको आनन्द मिलेको बताउनुभयो । मंगलबार उहाँकी धर्मपत्नी मेनका पाठक पन्तले आश्रममा पुगेर आफैले मानव सेवा आश्रमका असाह्यहरुलाई भोजन खुवाउनु भएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया