Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

त्रिपूरा सुन्दरी मावि श्रीकोटको ६३ औं वार्षिकोत्सब सम्पन्न

त्रिपूरा सुन्दरी मावि श्रीकोटको ६३ औं वार्षिकोत्सब सम्पन्न

फागुन १२, अछाम

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जिल्लाकै धराेहरकाे रुपमा परिचित त्रिपुरा सुन्दरी माध्यमिक विद्यालय श्रीकाेटले ६३ औं वर्ष पार गरेकाे अवसरमा वार्षिकोत्सब कार्यक्रम मनाएकाे छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै मन्त्री सुबेदिले विद्यार्थिकाे शैक्षिक गुणस्तरलाई वृद्धि गर्न र विद्यालयलाई आवश्यक भाैतिक संरचना निर्माणकाे लागि पछि नहटि निरन्तर रुपमा लागिरहने बताउनु भएको छ । साेही कार्यक्रममा प्रदेश सरकारबाट विनियोजित ७५ लाख रकमबाट निर्माण हुन लागेकाे विद्यालयकाे छात्रबास भवनकाे सामाजिक बिकास मन्त्री सुबेदिले सिलान्यास समेत गर्नुभएको हो । बार्षिक उत्सबकाे अवसरमा कार्यक्रममा सहभागी सुदुरपश्चिमका चर्चित कलाकार तथा माेडलहरुले आ-आफ्नो कला प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरत भुलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, सुदूरपश्चिम प्रदेश प्राकृतिक अर्थ विकास समितका सभापती हर्क बहादुर कुँवर, राष्ट्रिय याेजना आयाेगका पुर्व सदस्य विजय कुँवर, साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर, चाैरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादर साउँद, मेल्लेख गाउँपालिका अध्यक्ष लाेकबहादुर बाेहरालगायतकाे उपस्थिति रहेकाे थियाे ।

त्रिपुरा सुन्दरी माविका प्रधानध्यापक प्रेम कुवँरले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन पेश गरेसँगै सुरु भएको कार्यक्रमको संचालन सहायक शिक्षक डिल्लिराम आचार्य र शंकर कुँवरले गर्नुभएको थियाे । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेस स्वारले विद्यालयको शैक्षिक गुण्स्तर कायम गर्न सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै नेपाली कांग्रेस नगर समितीका सचिव कृष्ण कुँवरले आफ्नो तर्फबाट विद्यालयलाई गर्नुपर्ने सहयोग बाट कहिले पनि पछी नहट्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले त्रिपुरा सुन्दरी मावि यो क्षेत्रको सबै भन्दा पुरानो र अछामको शैक्षिक ईतिहासमा सबैभन्दा बढी योगदान दिने विद्यालय भएकोले विध्यालयको स्तरोन्नतीका लागि नगरपालिकाले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउँद, मेल्लेख गाउँपलिकाका अध्यक्ष लोक बहादुर बोहोरा, नेकपा साँफेबगरका नगर ईन्चार्ज शिलोज कुँवरलगायतका वक्ताले पनि शिक्षा बिना मानिसको जिवन कल्पना पनि गर्न नसकिने र सबैले आफ्नो क्षेत्रका शैक्षिक संस्था को स्तरोन्नतीका लागि एक जुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया