ताजा अपडेट
गायिका अन्जु पन्तले विवाह गरिन
चर्चित गायिका अन्जु पन्तले विवाह गरेकी छन्। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग विवाह गरेकी हुन्।
दुवै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ बुधबार पाटनस्थित चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको गायिका पन्तको पारिवारिक स्रोतले जनाएको छ।
एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।
थीर र अन्जुको पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। सोही कार्यक्रममा अन्जु अतिथि बनेर आउँदा अञ्जु र थीरबीच परिचय भएको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया