Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेकपा संसदीय दलमा अझै बहुमत नजिक ओली

नेकपा संसदीय दलमा अझै बहुमत नजिक ओली

नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नयाँ नेता छान्ने प्रक्रिया बढाइने पहल सुरु भएको छ । आज नेकपाको प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक डाक्दा यसअघि हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर गरेका ९० जनामध्ये केही अनुपस्थित भए ।

शेरबहादुर तामाङले गुट परिवर्तन गरिसकेका छन् । विभिन्न कारण देखाउँदै केही प्रभावशाली नेता समेत अनुपस्थित भए । तर, उनीहरु विभिन्न कार्यक्रममा रहेकाले अनुपस्थित भएका हुन् ।

आजको उपस्थिति हेर्दा नेकपा संसदीय दलमा प्रधानमन्त्री ओली अल्पमतमा परेको देखिन्छन् । तर, केही संख्यामात्र तलमाथि भएकाले ओली अझै बलियो नै छन् ।

नेकपा संसदीय दलमा प्रतिनिधि सभातर्फ १७४ संख्या छ । जसमध्ये सभामुख अग्निप्रसाद सापकोटा पनि रहेकाले १७३ को मतदानबाट संसदीय दलको नेता चयन हुन्छन् ।

प्रचण्ड माधव समूहको ९० सिट गणना गर्ने हो भने ओलीको पक्षमा ८३ देखिन्छन् । अब ४ जना यताउता भएमा मात्र पनि ओली बहुमतमा पर्न सक्छन् ।

विभाजित भएपनि वैधानिक रुपमा नेकपा विभाजन भएको मानिदैन । संसदीय दलको नेताबाट ओलीलाई हटाउन पार्टीभित्रको संसदीय दलको चुनाव हुनुपर्छ । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव पनि लान सकिन्छ । त्यसबारे प्रचण्ड नेपाल पक्षले तयारी गरेको छ । त्यसैले आफ्नो पक्षका प्रतिनिधि सभा सदस्यहरुलाई उपत्यका नछाड्न भनिएको छ । आजको संसदीय दलको बैठकमा यी विषयमा गम्भीर कुराकानी भएको छ ।

ओलीलाई संसदीय दलबाट हटाउनका लागि बैठक डाकिनुपर्छ । ओली आधिकारिक रुपमा संसदीय दलको नेता छन् । उनले नडाके उपनेता सुवासचन्द्र नेम्वाङले डाक्ने व्यवस्था छ । तर, दुवैले नडाकेपछि अर्को समस्या आउनसक्छ । अर्कोतर्फ, ओलीले पार्टी संसदीय दलको बैठकबाट सामना गर्ने सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया