ताजा अपडेट
अछाममा बन क्षेत्र बढ्यो
अछाममा बनको क्षेत्र बढेको छ । डिभिजन बन कार्यालय अछामका अनुसार पछिल्लो केहि बर्ष यता जिल्लाका बनको क्षेत्र बढेको हो । २०७२ सालमा ५७ प्रतिशत बनक्षेत्र रहेको अछाममा ५ बर्षको ५ प्रतिशत बढेर ६२ प्रतिशतले बन क्षेत्र बढेको बन डिभिजन कार्यालय अछामका प्रमुख नारायण देब भट्टराईले जानकारी दिनु भयो ।
बन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रममा भट्ट्राईले अहिले नाङ्गा रहेका डाडाँहरुमा रहेमा समेत बृक्षारोपका कारण हरियाली देखीन थालेको बताउनु भयो । बनको सरक्षण सम्बर्दन र उपयोग गर्ने अधिकार अब स्थानीय सरकारको रहेकाले यो समय बन डढेलो लाग्ने समय भएकाले स्थानीय सरकारले बिषेश ध्यान दिनु आवश्यक रहेको उहाले बताउनु भयो । सुचना प्रवाह गरेर आम नागरिकलाई बन डढेलो सम्बन्धी जानकारी दिन समेत सचारकर्मीहरुलाई भट्टराईले आग्रह गर्नु भयो ।
बन ऐन अनुसार बनमा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्र्तगत सामुदायिक बन,गा्रमीण तथा शहरी बन,धार्मिक बन,कबुलियती बन र साझेदारी बनको संरक्षण, सम्बर्दन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ ।
बन डिभिजन कार्यालय अछामले जंगली जनावरबाट पिडित व्यक्तिहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने गरेको छ । बन कार्यालयले गत बर्षको मसिर देखि यो बर्षको भदौसम्म जगली जनावरबाट क्षति भएका ३२ जनालाई राहत उपलब्ध गराएको हो । २४ जनाको पशु,३ जनाको तरकारी बाली नष्ट,५ जनाको मानबिय क्षति भएकाहरुलाई राहत क्षतिपुर्ति उपलब्ध गराईएको बन कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया