Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछाममा बन क्षेत्र बढ्यो

अछाममा बन क्षेत्र बढ्यो

अछाममा बनको क्षेत्र बढेको छ । डिभिजन बन कार्यालय अछामका अनुसार पछिल्लो केहि बर्ष यता जिल्लाका बनको क्षेत्र बढेको हो । २०७२ सालमा ५७ प्रतिशत बनक्षेत्र रहेको अछाममा ५ बर्षको ५ प्रतिशत बढेर ६२ प्रतिशतले बन क्षेत्र बढेको बन डिभिजन कार्यालय अछामका प्रमुख नारायण देब भट्टराईले जानकारी दिनु भयो ।

बन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रममा भट्ट्राईले अहिले नाङ्गा रहेका डाडाँहरुमा रहेमा समेत बृक्षारोपका कारण हरियाली देखीन थालेको बताउनु भयो । बनको सरक्षण सम्बर्दन र उपयोग गर्ने अधिकार अब स्थानीय सरकारको रहेकाले यो समय बन डढेलो लाग्ने समय भएकाले स्थानीय सरकारले बिषेश ध्यान दिनु आवश्यक रहेको उहाले बताउनु भयो । सुचना प्रवाह गरेर आम नागरिकलाई बन डढेलो सम्बन्धी जानकारी दिन समेत सचारकर्मीहरुलाई भट्टराईले आग्रह गर्नु भयो ।

बन ऐन अनुसार बनमा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्र्तगत सामुदायिक बन,गा्रमीण तथा शहरी बन,धार्मिक बन,कबुलियती बन र साझेदारी बनको संरक्षण, सम्बर्दन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ ।

बन डिभिजन कार्यालय अछामले जंगली जनावरबाट पिडित व्यक्तिहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने गरेको छ । बन कार्यालयले गत बर्षको मसिर देखि यो बर्षको भदौसम्म जगली जनावरबाट क्षति भएका ३२ जनालाई राहत उपलब्ध गराएको हो । २४ जनाको पशु,३ जनाको तरकारी बाली नष्ट,५ जनाको मानबिय क्षति भएकाहरुलाई राहत क्षतिपुर्ति उपलब्ध गराईएको बन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया