Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर !

स्वास्थकर्मीको अभावमा बन्द हुदै सुरक्षित गर्भपतन सेवा

स्वास्थकर्मीको अभावमा बन्द हुदै सुरक्षित गर्भपतन सेवा

अछाममा १५ वटा स्वास्थ्थ संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिन्छ । साबिकको ७५ वटा गाबिस रहेको अछाम जिल्लाभरी १५ वटा मात्र सुचीकृत स्वास्थ्य संस्थाहरु सेवा उपलब्ध रहेको छ । तर पछिल्लो समय स्वास्थ्यकर्मीको अभावका कारण ती सेवाहरु पनी बन्द हुन थालेका छन् । सुरक्षित गर्भपतनको सेवा बिस्तार र सेवामा सहज पहुँच पुर्याउनु पर्छ भन्दै आवाज उठिरहेका बेला भने दक्ष जनशक्तिको अभावमा सेवा बन्द हुने अवस्थामा पुगेका छन् । 

जिल्ला अस्पताल मंगलसेन,बयलपाटा अस्पताल,कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र,चौरमाण्डौे प्राथमिक स्वास्थ केन्द्र,बिनायक स्वास्थ चौकी,शान्तडा स्वास्थ्य चौकी,हिच्मा स्वास्थ्य चौकी,बारला स्वास्थ्य चौकी,जुपु स्वास्थ्य चौकी,तुर्माखाद स्वास्थ्य चौकी,जयगढ स्वास्थ्य चौकी,मार्कु स्वास्थ्य चौकी,पायल स्वास्थ्य चौकी,दुनी स्वास्थ्य चौकी र मेल्लेख स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ  । यी मध्ये कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र, बिनायक स्वास्थ चौकी,हिच्मा स्वास्थ्य चौकी,पायल स्वास्थ्य चौकी,मार्कु स्वास्थ्य चौकी,दुनी स्वास्थ्य चौकी र तुर्माखाद स्वास्थ्य चौकीमा सेवा बन्द भएका छन् । सेवा बन्द हुदा सेवा लिनेको संख्या समेत घटेको छ । आर्थिक वर्ष ०७५÷७६ मा १ हजार ४ सय ७८ जनाले सेवा लिएका थिए भने गत आर्थिक वर्षमा सेवा लिनेको संख्या घटेर १ हजार ९ पुगेको आईपासको तथाकले देखाएको छ । सुरक्षित गर्भपतन सेवाका लागी २९ जना तालिमप्राप्त स्वास्थ्यकर्मी रहेकोमा अहिले १२ जनामा मात्र रहेका छन् । 

स्वास्थ्यकर्मी समायोजनको असर स्वास्थ्य क्षेत्रमा पनी परेको कारण सेवा बन्द हुन पुगको स्वास्थ्य कार्यालय अछामका प्रमुख झन ढुंगानाले बताए । उनले भने,‘तालिम प्राप्त स्वास्थ्यकर्मी छैनन्,जस्ले पनी यो सेवा प्रदान गर्नै पाउदैनन्, तालिमप्राप्त स्वास्थ्यकर्मीहरु समायोजनका कारण अन्यत्रै गए,ग्रामीण भेगमा स्वास्थ्य क्षेत्रमा निकै असर परेको छ,सुरक्षित गर्भपतन सेवा बिस्तार हुनुको साटो स्वास्थ्यकर्मी नहँुदा बन्द हुदैछन्,यसमा सरकारको चासो गएको देखिदैन।’ प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेर देशकै नमुना अस्पताल बनेको बयलपाटामा रहेको २८ हप्तासम्मको गर्भपतन सेवा पछिल्लो समय बन्द भएको छ ।

अस्पतालमा चिकित्सक नहुँदा ३ महिनादेखि यो सेवा बन्द रहेको छ । सुचिकृत स्वास्थ्य संस्थाको अभाव, अनिश्चीत गर्भ, परिवार नियोजनका साधनहरु प्रयोग नगर्नु, सुचिकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गर्न लाज मान्नु लगायतका कारणले अहिले पनि महिलाहरु ज्यानलाई जोखिममा राखेर असुरक्षित ढंगबाट गर्भपतन गराईरहेका आईपासले जनाएको छ । चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले तालिम प्राप्त स्वास्थकर्मीको अभावले ३ वटा स्वास्थ चौकीमा सेवा प्रभाबित भएको बताए । उनले भने‘तालिम लिएर ५ जना आईसक्नु भएको छ । उहाँहरुको तालिमको प्रमाणपत्र आउनासाथ सेवा सुचारु हुन्छ । दुनी,मार्कु र पायलमा रोकिएको सेवा छिटै सुरु हुन्छ ।’ पहिले जस्तो तालिमका लागी छुट्टै बजेट आउदैन,तालिमका लागी पनी सिमित कोटा हुने भएकाले समस्या भएको उनले बताए ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ अधिकार ऐन २०७५ अनुसार गर्भवति महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ,गर्भपतन नगराएमा गर्भवति महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुनसक्छ वा बिकलाङग बच्चा जन्मन्छ भनी ईजाजत प्राप्त चिकित्सकको रायमा त्यस्ता महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गभपतन गर्न पाउने व्यवस्था रहेको छ । त्यसैगरी जर्बरजस्तीकरणी वा हाडनाता करणीबाट रहन भएको २८ हप्तासम्मको गर्भ,रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्ताको गर्भ,भ्रुणमा कमीकजोरी भएका कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मे पनी बाँच्न नसक्ने गरी गर्भ रहेको अवस्थामा उपचारमा संलग्न स्वासथ्यकर्मीको सुझाब अनुसार २८ हप्तासम्मको गर्भपनत गर्न पाउने व्यवस्था रहेको छ ।  

दुई बिधिद्धारा सुरक्षित गर्भपतन गर्ने सेवा उपलब्ध रहेको छ । औषधी बिधिद्धारा ९ हप्ता भित्रको गर्भलाई मात्र सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ । चिकित्सकको सल्लाह अनुसार मान्यता प्राप्त सुचिकृत औषधीको प्रयोग गरी गर्भमा रहेका भ्रुणलाई पाठेघरबाट बाहिर निकाल्ने प्रकृया हो । यस बिधिमा तालिम प्राप्त स्वास्थकर्मीद्धारा भरपर्दाे प्रमाणित औषधीद्धारा सुरक्षित रुपमा गर्भपतन गराईन्छ । भने अर्काे औजारद्धारा बिधिद्धारा गरिने गर्भपतन रहेको छ । १२ हप्तासम्म्को गर्भलाई साधारण उपकरणको प्रयोगद्धारा सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ । बिशेष अवस्थाहरुमा १२ हप्ता भन्दा माथिको गर्भलाई पनि औषधीद्धारा र उपकरणद्धारा सुरक्षित साथ गर्भपतन गर्न सकिन्छ । 

नेपाल सरकारले २०७३ देखि सरकारी स्वास्थ्य सस्थाहरुमा गर्भपतन सेवालाई निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । औषधी बिधिद्धारा गरिने गर्भपतन सेवा नेपालकोे ६१ जिल्लामा छ भने १२ हप्ता भन्दा माथी गर्भपतन सेवा २९ वटा अस्पतालमा रहेको आईपास नेपालले जनाएको छ । 

प्रतिक्रिया