Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हास्यास्पद जलहारी प्रकरणमा गम्भीर प्रश्न

हास्यास्पद जलहारी प्रकरणमा गम्भीर प्रश्न

कन्टिर–बाबू धर्म–कर्मसहित अध्यात्ममा पनि रुचि राख्छन् । तर उनी धर्मका नाममा पोङ्गा पण्डित वा लकिरका फकिर चाहिँ होइनन् । धर्मका नाममा विद्यमान गलत मान्यता र क्रियाकलापहरू सुधार गर्नुपर्ने पक्षमा कन्टिर–बाबू छन् । तर धर्मका नाममा जथाभावी गर्ने अनि धर्मभीरु व्यक्तिको भावनाको अपमान गर्ने कुनै पनि खेलाडीको खेलाचीसँग कन्टिर–बाबू सहमत हुन सक्दैनन् ।

बीचमा हाम्रा ओल्वा धर्मको आडमा गरिने राजनीतिजस्तो नचाहिँदो खेलमा सहभागी हुन खोजेका हुन् कि भन्ने आभास कन्टिर–बाबूलाई भइरहेको छ । धर्मलाई अफिम मान्ने मान्यताका आधारमा हुर्केका कट्टर कमनिस्ट मानिने ओल्बा कहिले राम जन्मभूमिको प्रकरण झिकेर चर्चित हुन् खोज्छन् त कहिले पशुपतिमा संङ्कल्प पूजा गरेर । आखिर किन ? प्रश्न त उठ्छ नै ।

त्यसमाथि काम न काजमा पशुपतिमा करोडौँ मूल्यको सुनको जलाहारी चढाउने निर्देशन ओल्बाले दिएर कुन समूहको मन जित्न खोजेका हुन् ? एक जना कमनिस्ट नेताले पशुपतिलाई सुनको जलहारी चढाउनुको अन्तर्य के छ ? उत्तर कन्टिर–बाबूलाई मात्र होइन दुनियाँलाई थाहा छ, यो हिन्दु सनातनी भोट तान्ने कार्डबाहेक अरू होइन ।

तर कन्टिर–बाबूलाई जस्तै सर्वोच्चलाई पनि यो कुरा मन परेको छैन । उसले ओल्बाको उक्त निर्देशन हाललाई कार्यान्वयन नगर्नू–नगराउनू भन्दै सम्बन्धितहरूका नाममा अन्तरिम आदेश नै जारी गरेको छ ।

त्यसो त ढिलो न्याय दिनु पनि न्यान नदिनु बराबर हो भन्ने कानुनी सिद्धान्त कन्टिर–बाबूले धेरै पहिले सुनेका हुन् । त्यसका केही उदाहरण पनि उनको जानकारीमा छन् ।

पछिल्लो पटक पशुपतिनाथको जलहारी काण्ड त्यसकै एउटा ताजा नजिर बनेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत कुनै पनि पुरातात्विक सम्पदाको हैसियतमा फरक पर्ने गरी कुनै प्रकारको थप–घट गर्न नपाइने अन्तर्राष्ट्रिय नजिरहरू छन् ।

तर नेपालमा भने सरकारले नै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्रिभित्र रहेको चाँदीको जलहारीवाला शिवलिङ्गमा सुनको नयाँ जलहारी राख्न लगाइसकेको छ । रापबाट क्षमापूजा सम्पन्न गरिवरी लालमोहर सदरसमेत भइसकेको छ ।

मान्छेले फोहोर गरिसक्यो अनि दैलो देख्यो भने जस्तो काम–कुरो बिग्रिसकेपछि सर्वाेच्च अदालतबाट नयाँ जलहारी राख्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश भएको सुनेर कन्टिर–बाबू छक्क परिरहेका छन् ।

हाहाहा … यस्तोमा कन्टिर–बाबू हाँस्ने मुड नहुँदा–नहुँदै हाँस्न बाध्य छन् । राज्य सञ्चालनको साँचोे हात पारेकाहरूबाटै सम्पदा बिगार्ने जस्तो नचाहिँदो गर्छन् भने कन्टिर–बाबू नहाँसुन् पनि किन ?

तर हाँस्दा–हाँस्दै कन्टिर–बाबू गम्भीर हुन्छन् । अब काम नपा बुहारी पोख्दै–उठाउँदै गर भने जस्तो पशुपतिनाथमा लगाइसकेको सुनको जलहारी सर्वोच्चको आदेश मानेर हटाइन्छ कि विश्वव्यापी सम्पदा संरक्षणको मान्यताविपरीत चाँदीको जलहारीमाथि थपिएको सुनको जलप कायमै राखेर सर्वोच्चको आदेश बर्खिलाप गरिन्छ ? प्रश्न सामान्य लागे पनि पेचिलो छ … आखिर पशुपतिमा सुनको जलहारी प्रकरणमा अब हुन्छ चाहिँ के ?

कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया