Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा वलिगाउका १४ जना विद्यार्थिलाई पुरुस्कार र सम्मानपत्र वितरण

झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा वलिगाउका १४ जना विद्यार्थिलाई पुरुस्कार र सम्मानपत्र वितरण

फागुन १७ अछाम

झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामको आयोजनामा स्वर्गिय झँकर रावलको स्मृति दिवसको दिनको अवसरमा वलिगाउमा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । मंगला नेरा माबि वलिगाउमा कार्यक्रम सहीत मंगलसेन नगरपालिका वडा नम्बर ८ र ९ वलिगाउका विद्यालयबाट शैक्षिकसत्र २०७६ को बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिलाई पुरुस्कार तथा सम्मानपत्र वितरण गरिएको हो ।

साविकको वलिगाउ गाबिसमा रहेका सामुदायिक र निजि विद्यालयमा अध्ययन गर्ने तहगत रुपमा उत्कृष्ट नतिजा ल्याउने १४ जना विद्यार्थिलाई पुरुस्कार र प्रसंशापत्र वितरण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य बल बहादुर सोडारी प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी सोडारीले स्वर्गिय झँकर रावलको सम्झनामा प्रतिष्ठान दर्ता गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा जिल्लाभरमा नमुना योग्य काम गर्नुपर्नेमा जोड दिनु भयो । योगदानको अनुसरण गर्ने कार्यको थालनी प्रतिष्ठान दर्ता गरेर सुरुवात भएकाले आगामी दिनमा आफ्नो तर्फबाट सहयोग रहीरहने बताउनु भयो ।

सधैँ समाज परिवर्तनका लागी बोलीरहने रावलले थालेका सामाजिक अभियानका काम कतिपय अझै अधुरा रहेकाले अब नयाँ पुस्ताले पुरा गर्नुपर्ने बताउनु भयो । साथै मंगला नेरा माध्यामिक विद्यालयको समस्याको बारेमा विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले पेश गर्नु भएको मागपत्र ग्रहण गर्दै सोडारीले आगामी दिनमा आफ्नो तर्फबाट प्रदेश सरकारबाट बजेट विनियोजनका लागी पहल गर्ने बताउनु भयो । बिशिष्ट अतिथी मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले समाजका लागी राम्रो गर्नेको नाम जहीले पनी अमर रहने भएकाले सबैले राम्रा कामको अनुसरण गर्दै अघि बढनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट नेकपा अछामका सचिवालय सदस्य नयन सोडारी, मंगला नेरा माध्यामिक विद्यालय ब्याबस्थापन समिती अध्यक्ष भैरब बहादुर बोहरा, सल्लाहकार संयोजक बहादुर सिंह बिष्ट, प्रेस संगठन अछामका संयोजक नरेन्द्र रावल, मंगला नेरा माविका प्रधानाध्यापक बम बहादुर थापा, शिक्षक अभिभावक संघ अध्यक्ष झुलेन्द्र बहादुर रावल, महिला नेतृ मनसरा रावलले मन्तव्य राख्नु भएको थियो । प्रतिष्ठानका सदस्य तेज बहादुर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन महासचिव भिम बहादुर रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया