Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा वलिगाउका १४ जना विद्यार्थिलाई पुरुस्कार र सम्मानपत्र वितरण

झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामद्धारा वलिगाउका १४ जना विद्यार्थिलाई पुरुस्कार र सम्मानपत्र वितरण

फागुन १७ अछाम

झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामको आयोजनामा स्वर्गिय झँकर रावलको स्मृति दिवसको दिनको अवसरमा वलिगाउमा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । मंगला नेरा माबि वलिगाउमा कार्यक्रम सहीत मंगलसेन नगरपालिका वडा नम्बर ८ र ९ वलिगाउका विद्यालयबाट शैक्षिकसत्र २०७६ को बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिलाई पुरुस्कार तथा सम्मानपत्र वितरण गरिएको हो ।

साविकको वलिगाउ गाबिसमा रहेका सामुदायिक र निजि विद्यालयमा अध्ययन गर्ने तहगत रुपमा उत्कृष्ट नतिजा ल्याउने १४ जना विद्यार्थिलाई पुरुस्कार र प्रसंशापत्र वितरण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य बल बहादुर सोडारी प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी सोडारीले स्वर्गिय झँकर रावलको सम्झनामा प्रतिष्ठान दर्ता गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा जिल्लाभरमा नमुना योग्य काम गर्नुपर्नेमा जोड दिनु भयो । योगदानको अनुसरण गर्ने कार्यको थालनी प्रतिष्ठान दर्ता गरेर सुरुवात भएकाले आगामी दिनमा आफ्नो तर्फबाट सहयोग रहीरहने बताउनु भयो ।

सधैँ समाज परिवर्तनका लागी बोलीरहने रावलले थालेका सामाजिक अभियानका काम कतिपय अझै अधुरा रहेकाले अब नयाँ पुस्ताले पुरा गर्नुपर्ने बताउनु भयो । साथै मंगला नेरा माध्यामिक विद्यालयको समस्याको बारेमा विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले पेश गर्नु भएको मागपत्र ग्रहण गर्दै सोडारीले आगामी दिनमा आफ्नो तर्फबाट प्रदेश सरकारबाट बजेट विनियोजनका लागी पहल गर्ने बताउनु भयो । बिशिष्ट अतिथी मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले समाजका लागी राम्रो गर्नेको नाम जहीले पनी अमर रहने भएकाले सबैले राम्रा कामको अनुसरण गर्दै अघि बढनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट नेकपा अछामका सचिवालय सदस्य नयन सोडारी, मंगला नेरा माध्यामिक विद्यालय ब्याबस्थापन समिती अध्यक्ष भैरब बहादुर बोहरा, सल्लाहकार संयोजक बहादुर सिंह बिष्ट, प्रेस संगठन अछामका संयोजक नरेन्द्र रावल, मंगला नेरा माविका प्रधानाध्यापक बम बहादुर थापा, शिक्षक अभिभावक संघ अध्यक्ष झुलेन्द्र बहादुर रावल, महिला नेतृ मनसरा रावलले मन्तव्य राख्नु भएको थियो । प्रतिष्ठानका सदस्य तेज बहादुर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन महासचिव भिम बहादुर रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया