Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रवीण बास्तोला हत्या प्रकरण : घरबेटी पक्राउ, अदालतमा बहस आज

प्रवीण बास्तोला हत्या प्रकरण : घरबेटी पक्राउ, अदालतमा बहस आज

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का स्थानीय प्रवीण बाँस्तोलाको हत्याआरोपी थप एक जना पक्राउ परेका छन् । स्थानीयको आन्दोलनपछि फरार रहेका उर्लाबारी–७ का रमेश गिरी पक्राउ परेका हुन् ।

पक्राउ परेका गिरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ । थुनछेक बहसपछि अदालतले आदेश दिनेछ ।

स्थानीयको आन्दोलनपछि फरार रहेका गिरीलाई मोरङबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

बास्तोलाको गत पुस ५ गते शङ्कास्पद मृत्यु भएको थियो । आफन्त र स्थानीयले अनुसन्धानमा चासो नदिएको भन्दै नाराबाजी गरेपछि मङ्गलबार ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो ।

पुस ४ मा मदिराको नशामा साथीहरूसँगै कोठामा बसेका प्रवीणको शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । मृत्यु भएको दिन प्रवीण सुदीप परियार, मेहरमान दर्जी र दीलिप पौडेलको डेरामा बसेका थिए । बास्तोला साथी राजेश रणपहेलीसँगै पुगेका थिए ।

हत्यामा संलग्नलाई कारवाही नगरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएपछि प्रहरीले कुमार राई र मेहरमान दर्जीलाई पक्राउ गरी छ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

पुस ४ गते प्रवीणसँग विवाद गर्ने होटल सञ्चालक कुमार राई अदालतको आदेशपछि तीन लाख धरौटी बुझाएर छुटेका छन् । उनीसँगै कोठामा बसेका मेहरमान दर्जी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मुद्दा दायर गरिएका प्रतिवादीहरू सुदीप परियार, दीलिप पौडेल र राजेश रणपहेली फरार छन् । फरार भएकाहरुको खोजी जारी रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया