Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जनप्रतिनिधि आईसकेपछि चौरपाटी गाउपालिकाले गरेका १०१ काम श्वेत पत्र मार्फत सार्वजनिक

जनप्रतिनिधि आईसकेपछि चौरपाटी गाउपालिकाले गरेका १०१ काम श्वेत पत्र मार्फत सार्वजनिक

फागुन १९ अछाम

अछामको चौरपाटी गाउपालिकाले जनप्रतिनिधि आईसकेपछि ३ बर्षको अवधिमा गरेका कामको श्वेत पत्र मार्फत घोषणा गर्दै सार्वजनिक गरेको छ । मुख्य उपलब्धिको रुपमा गाउपालिकाले गरेका काम श्वेत पत्र घोषणा सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । जनप्रतिनिधिको नेतृत्वमा दिगो विकास, सुशासन, सामाजिक रुपान्तरणका क्षेत्रमा भएका थुप्रै काम मध्ये १०१ कामलाई सुचिबद्ध गर्दै गाउपालिकाले श्वेत पत्र मार्फत चौरपाटि गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले सार्वजनिक गर्नु भएको थियो ।

गाउपालिकाले पुर्वाधार बिकास, सामाजिक बिकास, आर्थिक बिकास र सँस्थागत विकास तथा सेवा प्रवाह बारेमा अध्यक्ष साउदले पत्रकार माझ सार्वजनिक गर्नु भएको ह‍ो । पत्रकार सम्मेलनमा पालिका भित्रका सबै वडामा सडक सन्जाल बिस्तार, विधुत लाईन बिस्तार, विधुत विस्तार नभएको टोलमा ४ सय ९५ घरधुरीमा सौर्य उर्जा वितरण, ५ हजार बढि रिचार्ज पोखरी निर्माण, जिल्लामै पहिलो साक्षर गाउपालिका घोषणा, सुदुरपश्चिम भरि ढिके नुन प्रतिबन्ध गर्ने पहिलो पालिका, चप्पल उधोग स्थापना, कोदो सँरक्षणका लागि फलेको कोदोसँग चामल सटहि गरि कोदो बजारिकरण गरि कैलालीका बिभिन्न शहर पठाएको, स्वरोजगार मेला आयोजना गरि बेरोजगार युवाहरूको तथ्याक सँकलन गरि १ सय ६९ जनालाई स्वरोजगार बनाईएको लगाएतका कामको शुचि अध्यक्ष साउदले प्रस्तुत गर्नु भएको हो । 

श्वेत पत्रमा समाबेश भएका बुदामा पत्रकार सम्मेलनमा पत्रकारले सामाजिक बिकास भन्दा भौतिक बिकासलाई बढि प्राथमिकता दियो भन्ने बिषयमा राखेको प्रश्नमा अध्यक्ष साउदले आगामि दिनमा सुझावलाई ग्रहण गर्दै अझै जनताको पक्षमा काम गर्ने बताउनु भयो ।  पत्रकार सम्मेलनमा गाउपालिका उपाध्यक्ष माया कुवरले न्यायिक समिति मार्फत भएका कार्यसम्पादन तथा कर्मचारी सयन्त्र मार्फत भएका कामको बारेमा निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले जानकारी गराउनु भएको थियो ।

पत्रकार सम्मेलनमा ७ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार महासघ अछामका अध्यक्ष खम्म खत्रि, जिल्ला स्थित सम्पुर्ण पत्रकारको सहभागिता रहेको थियो । उपाध्यक्ष माया कुवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन गाउपालिकाका प्रेस सल्लाहकार राजेन्द्र कुवरले गर्नु भएको थियोे ।

 

प्रतिक्रिया

ट्रेन्डिङ