Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राना हत्या घटनाको योजनाकार भनिएका महिला सार्वजनिक

राना हत्या घटनाको योजनाकार भनिएका महिला सार्वजनिक

युवा युवती बिचको प्रेम सम्बन्धमा समस्या श्रृजना भएपछि ठुला घटना भएका खबर निकै सुनिएपनि बिबाहित महिला पुरुष बिचको प्रेम सम्बन्ध र प्रेम सम्बन्धकै कारण हत्या सम्मका घटना कमै सुनिन्छन् । बिबाहित महिला पुरुषको परस्त्री र परपुरुषसंगको अबैध प्रेम सम्बन्ध र प्रेम सम्बन्धबाटै हत्या सम्मको घटना कैलालीमा घटेको छ । घर परिवार सम्हाली सकेका महिला पुरुषले प्रेम त गरे आफु संगै अर्की युवतीसंग प्रेमीको सम्बन्ध थाहा पाएपछि आफ्नै प्रेमीकाले प्रेमीको हत्या गरेकी छिन् ।

फागुन १५ गते कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना मृत भेटिएका थिए । रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले रानाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी ३७ वर्षीया जयन्ती चौधरीलाई बिहिबार पत्रकार सम्मलेनमार्फत सार्वजनिक गरेको हो । उनले आफ्ना नाता पर्ने एक युवक र उनका सहकर्मीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको समेत स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम शमसेर जबराले जानकारी दिए ।

सोही ठाउँकी ती युवतीले साबिती बयानका क्रममा रानाले आफुलाई सताइरहने गरेका कारण हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छिन् । हत्याकाण्डकी आरोपित अन्दाजी ३६ वर्षीया युवतीले आफूले रानाको हत्या योजना बनाएको भन्दै प्रहरी समक्ष साबिती बयान दिएकी हुन् । विगत केही महिनादेखि मृतक रानाले मानसिक तनाव दिइरहेको भन्दै उनले हत्याको योजना बुनेको भन्दै बयान दिएको एक प्रहरीले जनाएको छ ।

आरोपित युवती केही समयदेखि मृतक शिवचरण रानासँगको प्रेम सम्बधमा थिइन् । दुवै विवाहित भएकाले त्यो सम्बन्ध एउटै गाउँको समाजले स्वीकार गर्ने कुरै थिएन । दुवैजना सम्बन्धपछि नजिक बनेका थिए। यतिसम्मकी शिवचरणले पारिवारिक काममा समेत सहयोग गर्ने गरेको युवतीले बताइन् । दुवैको हिमचिम धेरै भएपछि एकदिन युवतीका श्रीमानले दुवैलाई रंगेहात आफ्नै घरमा फेला पारेका थिए । त्यही दिन युवतीका श्रीमानले उनलाई घरबाट निकालेका थिए। तर शिवचरणले २ लाख दिने र अबबाट नभेट्ने सहमतिपछि युवतीका श्रीमानले युवतीलाई पुनः स्वीकारेको जबराले जानकारी दिएका छन् ।

प्रतिक्रिया