ताजा अपडेट
राना हत्या घटनाको योजनाकार भनिएका महिला सार्वजनिक
युवा युवती बिचको प्रेम सम्बन्धमा समस्या श्रृजना भएपछि ठुला घटना भएका खबर निकै सुनिएपनि बिबाहित महिला पुरुष बिचको प्रेम सम्बन्ध र प्रेम सम्बन्धकै कारण हत्या सम्मका घटना कमै सुनिन्छन् । बिबाहित महिला पुरुषको परस्त्री र परपुरुषसंगको अबैध प्रेम सम्बन्ध र प्रेम सम्बन्धबाटै हत्या सम्मको घटना कैलालीमा घटेको छ । घर परिवार सम्हाली सकेका महिला पुरुषले प्रेम त गरे आफु संगै अर्की युवतीसंग प्रेमीको सम्बन्ध थाहा पाएपछि आफ्नै प्रेमीकाले प्रेमीको हत्या गरेकी छिन् ।
फागुन १५ गते कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना मृत भेटिएका थिए । रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले रानाको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेकी ३७ वर्षीया जयन्ती चौधरीलाई बिहिबार पत्रकार सम्मलेनमार्फत सार्वजनिक गरेको हो । उनले आफ्ना नाता पर्ने एक युवक र उनका सहकर्मीलाई केही रकम दिएर रानाको हत्या गर्न लगाएको समेत स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम शमसेर जबराले जानकारी दिए ।
सोही ठाउँकी ती युवतीले साबिती बयानका क्रममा रानाले आफुलाई सताइरहने गरेका कारण हत्याको योजना बनाएको प्रहरी समक्ष स्वीकार गरेकी छिन् । हत्याकाण्डकी आरोपित अन्दाजी ३६ वर्षीया युवतीले आफूले रानाको हत्या योजना बनाएको भन्दै प्रहरी समक्ष साबिती बयान दिएकी हुन् । विगत केही महिनादेखि मृतक रानाले मानसिक तनाव दिइरहेको भन्दै उनले हत्याको योजना बुनेको भन्दै बयान दिएको एक प्रहरीले जनाएको छ ।
आरोपित युवती केही समयदेखि मृतक शिवचरण रानासँगको प्रेम सम्बधमा थिइन् । दुवै विवाहित भएकाले त्यो सम्बन्ध एउटै गाउँको समाजले स्वीकार गर्ने कुरै थिएन । दुवैजना सम्बन्धपछि नजिक बनेका थिए। यतिसम्मकी शिवचरणले पारिवारिक काममा समेत सहयोग गर्ने गरेको युवतीले बताइन् । दुवैको हिमचिम धेरै भएपछि एकदिन युवतीका श्रीमानले दुवैलाई रंगेहात आफ्नै घरमा फेला पारेका थिए । त्यही दिन युवतीका श्रीमानले उनलाई घरबाट निकालेका थिए। तर शिवचरणले २ लाख दिने र अबबाट नभेट्ने सहमतिपछि युवतीका श्रीमानले युवतीलाई पुनः स्वीकारेको जबराले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया