ताजा अपडेट
कैलालीमा सालको गोलीयासहित ४ जना पक्राउ
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १२ नकफोरुवास्थित घरमा लुकाईछिपाई राखको सालको काठसहित ४ जना पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय सुखडले सोहि ठाउँका ४१ वर्षिय राजाराम चौधरी, ३७ वर्षिय राजकुमार चौधरी, ४२ वर्षिय कृष्ण चौधरी र ३२ वर्षिय सितल चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घरमा अवैध रुपमा लुकाई राखेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय सुखड र सव डिभिजन वन कार्यालय सुखडको संयुक्त टोलीले सालको ८ गोलीया एक सय ९ दशमलव ७३ क्युफिट काठ बरामद गरेको हो।पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि वन डिभिजन कार्यालय सुखडमा बुझाएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया