Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आफ्नै जिल्लामा लखेठिए अर्थमन्त्री, भयो ढुंगामुढा

आफ्नै जिल्लामा  लखेठिए अर्थमन्त्री, भयो ढुंगामुढा

स्थानीयको मागलाई बेवास्ता गर्दै अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देहीको मौतिपुर औधोगिक क्षेत्रको शिलान्यास गरेपछि दिनभर मोतिपुर क्षेत्र तनावग्रस्त बन्यो। शिलान्यासका लागि आएका अर्थमन्त्रीको गाडीलाई लक्षित गरेर स्थानीयले ढुंगा समेत प्रहार गरे। औधोगिक क्षेत्रको शिलान्यास सकेर अर्थमन्त्रीले कार्यक्रममा सम्बोधन गरीरहँदा स्थानीयले माइकका लागि जोडिएको बिजुलीको लाईन काटिदिएका थिए।

माइक काटिएपछि पौडेल बीचमै सम्बोधन छोडेर कार्यक्रम स्थलबाट हिँडे। आक्रोसित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि पौडेल समर्थक नेकपाका कार्यकर्ताले पनि स्थानीयलाई लक्षित गरेर ढुंगा हानेका थिए। त्यसपछि प्रहरीले लाठीचार्ज गर्‍यो। झडपमा १०÷१२ जना प्रदर्शनकारी घाइते भएका छन्। शसस्त्र र प्रहरीका केही जवान पनि सामान्य घाइते भएका छन्। कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी तैथान भएपनि स्थानीयलाई रोक्न हम्मेहम्मे परेको थियो। प्रहरीले रोक्दा रोक्दै पनि स्थानीयले पौडेलले शिलान्यास गरेको स्तम्भ तोडफोड गरिदिएका छन्।

वर्षौदेखि जोतभोग गर्दै आएका स्थानीयको जग्गा उनीहरुलाई जानकारी नै नदिइ औधोगिक क्षेत्रको नाममा लालपुर्जा निकालेर योजना अगाडी बढाएपछि स्थानीय त्यसको बिरोधमा थिए। स्थानीयले यसबारे पटक पटक सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएर आफ्ना मागहरु राखेका थिए। बिहीबार पनि पत्रकार सम्मेलन नै गरेर आफूहरुको बैकल्पिक व्यवस्था नगरी आयोजनाको शिलान्यास नगर्न आग्रह गर्दै जबरजस्ती गरे कार्यक्रम बिथोल्ने चेतावनी दिएका थिए।

तर स्थानीयको माग सम्बोधन गर्नुको साटो स्वयम् अर्थमन्त्री पौडेलले बिहीबारै तिलोत्तमा आयोजित एक कार्यक्रममा शिलान्यास कार्यक्रम कसैले रोक्न नसक्ने भन्दै भाषण गरे। औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुखले पनि सुरक्षा घेरामा भएपनि शिलान्यास कार्यक्रम गर्ने भन्दै स्थानीयलाई विकास बिरोधीको आरोप लगाए। त्यसपछि आक्रोसित भएका स्थानीयले शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्च स्थानीयले बिहीबार साँझै भत्काइदिएका थिए। त्यसपछि रातारात मञ्च बनाइएको थियो। बिहीबार साँझदेखि नै ठूलो संख्याका सुरक्षाकर्मीले कार्यक्रम स्थललाई सुरक्षा घेरा हालेर राखेका थिए।

पछिल्लो पटक अर्थमन्त्री भएपछि पौडेलले बालुवाटार जग्गा काण्डले धुमिलीएको आफ्नो छवि सुधार्न रुपन्देहीमा भएका नयाँ पुराना सबैखाले विकासे आयोजनाहरुको धमाधम शिलान्यास उद्घाटन गर्दै हिँडेका छन्। वर्षौदेखि अलपत्र परेका र पहिले नै शिलान्यास भइसकेका आयोजनाको समेत पुनः शिलान्यास गर्दै हिँडेका छन्। सोही क्रममा स्थानीयले वर्षौेदेखि उठाउँदै आएका मागलाई व्यवस्था गर्दै जबरजस्ती मौतिपुर औधोििगक क्षेत्र शिलान्यास गरेपछि स्थिती अप्रिय भएको हो। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

ट्रेन्डिङ