ताजा अपडेट
डोटीमा पहिरोमा परि ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
डोटी- अविरल वर्षासँगै आएको पहिरोमा परि डोटीमा एक शिशुको ज्यान गएको छ। आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका –४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो। उक्त पहिरोमा परि मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली गम्भीर घाइते भएकी छन्।
गम्भीर घाइते आमालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको र मृतक बालकको शव पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन्। पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया