ताजा अपडेट
डोटीमा पहिरोमा परि ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
डोटी- अविरल वर्षासँगै आएको पहिरोमा परि डोटीमा एक शिशुको ज्यान गएको छ। आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका –४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो। उक्त पहिरोमा परि मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली गम्भीर घाइते भएकी छन्।
गम्भीर घाइते आमालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको र मृतक बालकको शव पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन्। पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया