Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एउटै जिल्लाका ५ सीडीओ : निजामती सेवाको दुर्लभ संयोग

एउटै जिल्लाका ५ सीडीओ : निजामती सेवाको दुर्लभ संयोग

नेपाल सरकारका केही प्रमुख जिल्ला अधिकारीहरु,जो एकै जिल्लाका हुन् र जसले कमाण्ड गरिरहेका छन् देशकै विभिन्न ५ जिल्ला । नेपालको निजामती प्रशासनमा स्याङ्जा, गुल्मी, झापा, विराटनगर, पाल्पालगाएतको वर्चस्व रहँदै आएको भएपनि एकै जिल्लाबाट,एकै पटक सहसचिव र उपसचिवको नेतृत्व रहने प्रमुख जिल्ला अधिकारी बन्नु,नेतृत्व गर्नुलाई भने संयोग नै मान्नुपर्छ ।

निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ यस्तै रमाइला संयोगहरु देखा पर्दछन् ।जस्तो यस अघि एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाए ।यस्तो विरलै देखिने संयोगको यसपटक दैलेख जिल्लाबाट रेकर्ड ब्रेक भएको छ ।
अहिले स्थिती यस्तो छ कि सोही जिल्लाका ५ व्यक्तिले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा कमाण्ड गर्दैछन् । दैलेख जिल्लामै जन्मिएर,हुर्किएका गोविन्द रिजाल,सन्तबहादुर सुनार,खगेन्द्रप्रसाद रिजाल,कृष्णप्रसाद आचार्य र हरिबहादुर प्याकुरेल प्रमुख जिल्ला अधिकारीको रुपमा देशका ५ वटा जिल्लाको कमाण्ड गरिरहेका छन् ।

सोही जिल्लाका गोविन्दप्रसाद रिजाल मकवानपुरले मकवानपुर जिल्ला कमाण्ड गरिरहेका छन् । त्यो सह सचिवको दरबन्दी भएको ठाउँ हो । उनले प्रमुख जिल्ला अधिकारीका रूपमा गत कार्तिक ३ गतेदेखि सो जिल्ला सम्हालिरहेका छन् । यस्तै सरकारले गत फागुन दोश्रो साता एकै पटक गृहका ५१ कर्मचारीहरुको सरुवा गर्यो । जस्मा सहसचिव सन्तबहादुर सुनार बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न पुगे । उनले १९ फागुनदेखि सो जिल्लाको कमाण्ड गरिरहेका छन् । यस अघि उनी आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । उनी दैलेखकै नारायण नपा २, दैलेखनारायण नगरपालिका,स्थायी बासिन्दा हुन् । उनी सात मंसिरदेखि नै सो जिल्ला कमाण्ड गरिरहेका छन् । यस्तै हालै मात्र खगेन्द्रप्रसाद रिजाल कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइका छन् । उनी जिल्लामा हाजिर भइसकेका छैनन् । यता कालिकोट जिल्लाको कमाण्डरका रुपमा कृष्णप्रसाद आचार्य खटिएका छन् । दुल्लु नगरपालिका, दैलेखका स्थायी बासिन्दा उनी उपसचिव तहमा कार्यरत छन् । आफ्नै गृहजिल्ला कमाण्ड गर्ने जिम्मेवारी पाएका छन् हरि प्याकुरेलले ।

यस अघि एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ विद्यार्थीहरु सचिव बनेर प्रशासन संयन्त्र चलाएका थिए दिनेशकुमार थपलिया,प्रेम राई,राजीव गौतम,ईश्वर नेपाल र दिनेश घिमिरेहरुले । जो संखुवासभाको एउटै विद्यालयका विद्यार्थी ।जसमध्ये दिनेश थपलिया,प्रेमकुमार राई,दिनेश घिमिरे,ईश्वर नेपालहरु अहिले पनि सरकारी ओहदामा बाहल छन् । हाल निर्वाचन आयोगको नेतृत्व गरिरहेका प्रमुख आयुक्त दिनेश थपलिया, गृह मन्त्रालयबाट अवकाश पाएर अहिले अख्तियारको प्रमुख आयुक्त रहेका प्रेम कुमार राई , हाल महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक ईश्वर नेपाल र हाल ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेदेखि एउटै विद्यालयका विद्यार्थीहरू हुन् । यि सबैले सङ्खुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालय खाँदवारीमा पढेका हुन् ।सोही जिल्लाकै सुरेश अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै अहिले निर्वाचन आयोगको सचिवको जिम्मेवारीमा छन् ।

तर एकै जिल्लाका ५ जना कर्मचारीले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेर नेतृत्व लिएको भने सम्भवत यो पहिलो पटक हुनुपर्दछ ।

ईकर्मचारी बाट साभार

प्रतिक्रिया

ट्रेन्डिङ