Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम

एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले वाईफाई सिमका लागि नयाँ प्याकेज ल्याएको छ । कम्पनीले सस्तो मूल्यमा धेरै डेटा प्रयोग गर्न सकिने गरी होम नेट अल्ट्रा, होम नेट सुपर र होम नेट म्याक्स गरी तीन वटा प्याकेजमा यस्तो सुविधा ल्याएको हो ।

तर यो सेवा कम्पनीका विद्यमान प्रयोग भइरहेका सिमकार्डमा भने लिन सकिने छैन । यसका लागि छुट्टै सिमकार्ड आवश्यक पर्नेछ । फोरजी नेटवर्क कभरेज भएको सबै स्थानमा यो सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

होम नेट अल्ट्रा प्याकेज अन्तर्गत कम्पनीका ग्राहकले दुई वटा सिमको साथमा ५०० रुपैयाँ रिचार्जमा मेन सिममा २५ जीबी डेटा तथा अर्को सिममा ५ जीबी डेटा र २०० मिनेट टकटाईम प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त डेटा मोबाइलमा हटस्पट बनाएर परिवारका अन्य सदस्यले समेत प्रयोग गर्न सक्नेछन् ।

यस्तो सिम कार्डका लागि थप पैसा भने नलाग्ने कम्पनीले जनाएको छ । होम नेट सुपर प्याकेज अन्तर्गत ग्राहकले २ वटा सिम कार्ड र एउटा राउटर निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

यसरी प्राप्त एउटा सिम राउटरमा राख्नुपर्नेछ । जसमा ७०० रुपैयाँ रिचार्ज गर्दा एक महिनासम्म प्रयोग गर्न सकिने गरी मेन सिममा ४० जीबी डेटा तथा अर्को सिममा २०० मिनेट टकटाइम र ५ जीबी डेटा उपलब्ध हुनेछ ।

यसैगरी होम नेट म्याक्स अन्तर्गत समेत २ वटा सिम र एउटा राउटर निःशुल्क प्राप्त गर्न सकिनेछ । जसमा ९०० रुपैयाँ रिचार्ज गर्दा मुख्य सिममा ६० जीबी डेटा तथा अर्को सिममा १० जीबी डेटा र २०० मिनेट टकटाइम पाइनेछ ।

यस्तो प्याकेजको अवधि एक महिनाको रहेको छ । ग्राहकले नियमित रुपमा सेवा प्रयोग गर्न हरेक महिना प्याकेज अन्तर्गतको शुल्क रिचार्जमार्फत भुक्तानी गर्नुपर्नेछ ।

एनसेलको यस किसिमको अफर प्राप्त गर्न नजिककैको एनसेल सेन्टरमा सम्पर्क राख्नुपर्नेछ । एनसेलका ग्राहकले ९००८ तथा अन्य कम्पनीका प्रयोगकर्ताले ९८०९००८००० मा कल गरी यो सेवाको विषयमा थप जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया