ताजा अपडेट
पुर्व मन्त्री बोहरालाई एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पछि सम्मान
एमाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजन मन्त्री झपट बोहरालाई अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले सम्मान गरेका छन् ।
अनेरास्वव्यू कैलालीका अध्यक्ष किशोर शाह , पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य कुमार बढेला, केन्द्रीय सदस्य रोहित बम, मनोज राई, युवा सङ्घका नेता कुल रावल ,अभिश्यक नाथ,नेता भरत शाह, खेम रावत लगायतले बोहरालाई सम्मान गरेका हुन् ।
सम्मान पछि केन्द्रीय सदस्य बोहराले एमालेलाई अझै बलियो र सशक्त बनाइने बताएका छन् । अझै पनि पार्टी एकताको प्रयासहरू बाँकी रहेको भन्दै उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट आएका रामबहादुर थापा सहित २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया