Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

ज्याकेटमा साढे १९ लाख लुकाएर साइकलमा वीरगंज आएका एक भारतीय पक्राउ

ज्याकेटमा साढे १९ लाख लुकाएर साइकलमा वीरगंज आएका एक भारतीय पक्राउ

सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक जना भारतीयलाई वीरगंजबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार पूर्बी चम्पारण जिल्ला रक्सौल नगरपालिका वडा नम्बर २१ बस्ने वर्ष ३६ का राजेशकुमार साह रहेका छन्। उनलाई वीरगंज भन्सार परिसरमै रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजको टोलीले शनिवार बिहान ९ बजे चेकजाँचको क्रममा पक्राउ गरेको हो।

धेरै दिनदेखि साइकलमा ओहोरदोहोर गर्ने साहमाथि सशस्त्रले पछिल्लो समय निगरानी बढाएको थियो। ज्याकेट भित्र नगद लुकाएर आईरहेको अवस्थामा उनको खानतलासी गर्दा स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० रुपैयाँ बरामद भएपछि उनलाई नेपाल प्रहरीको वडा प्रहरी कार्यालय विर्ता पठाइएको छ।

आइतवार बरामद रकम वीरगंज भन्सारलाई बुझाउने र आवश्यक कारबाही अघि बढाइने सशस्त्र प्रहरी पर्साका एक अधिकृतले बताए। पछिल्लो समय हुन्डीको कारोबार बढेपछि पर्सा र बाराबाट दिनहुँ लाखौं रुपैयाँबरामद भइरहेका छन् भने वित्तिय कारोबार तथा ओसारपसारमा संलग्नहरु भटाभट पक्राउ पर्न थालेका छन्।

प्रतिक्रिया