ताजा अपडेट
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
दार्चुलाको लेकम गाउँपालिका ६ गणेत भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का ३० वर्षीय अशोक खत्री रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।
शनिबार गोकुलेश्वरबाट रिठाचौपताका लागि छुटेको सुपप्र ०१००२ त ४८३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया