ताजा अपडेट
महिलालाई गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ
अछाम- महिला गर्भवती बनाएको आरोपमा अछाममा २ जना पक्राउ परेका छन्।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलाकी एक ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २२ वर्षका महेश बटाला र ४५ वर्षका जगत रावललाई अछाम प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछाममा फाल्गुन २६ गते पीडित पक्षले उजुरी दिएको आधारमा २७ गते उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिनुभयो ।
अहिले अदालतबाट म्याद थप भर्ई घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।
बलात्कारबाट गर्भवती बनेकी महिलाको पेटमा ४ महिनाको बच्चा समेत रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया