ताजा अपडेट
किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका ५ को मृत्यु
झापा चैत्र २
झापाको सिमाबर्ती भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका पाँचको मृत्यु भएको छ । झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार (आज) बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ वर्षीया तोहफा, ६ वर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको छ। विस्फोटमा नूर बाबुको श्रीमती ३२ वर्षीया शहजादी बेगम गम्भीर घाइते भएकी छिन् ।
उनको किशनगञ्जको अस्पतालमा उपचार भइरहेको छ। आगलागीबाट घरमा पूर्णरुपमा जलेर नष्ट भएको छ। दमकलसहितको सुरक्षाकर्मीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया