Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नोबेल मेडिकल कलेजमा  नाबालक छोरा छाडेर आमाबुबा सुईकुच्चा

नोबेल मेडिकल कलेजमा  नाबालक छोरा छाडेर आमाबुबा सुईकुच्चा

झापा चैत्र २

मोरंग जिल्लाको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार खर्च तिर्न नसक्ने भएपछि आमाबुबा नाबालक छोरा छाडेर भागेका छन् । 
उपचार खर्च तिर्नसक्ने अवस्था नभएको भन्दै बाबु–आमा भर्खरै जन्मिएको शिशुलाई अस्पतालमै छाडेर घर गएका हुन् । आमा–बुबाले छाडेपछि उपचारका क्रममा आइतबार राति पाँच दिनको शिशुको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका–७ की २४ वर्षीय पार्वती मुर्मुले फागुन २५ गते नवजात शिशु (छोरा) जन्माएकी थिइन् । उनलाई श्रीमान् राजा मरण्डीले अस्पताल ल्याउँदै गर्दा बाटोमै छोरो जन्माइन् । तर बच्चा अस्वस्थ भएपछि सञ्जिवनी अस्पताल हुँदै नोबेल मेडिकल कलेजमा एनआइसियूमा भर्ना गरिएको थियो ।

दैनिक ज्याला मजदुरी गर्ने राजासँग पैसा तिर्न सक्ने अवस्था थिएन । पैसा तिर्न नसक्ने भएपछि शिशुलाई अस्पतालमै छाडेर श्रीमतीलाई लिएर घर गएको उनले बताए ।शिशुको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको छ । शिशुको मृत्यु भएपछि अस्पतालले प्रहरीलाई आफन्त खोजिदिन आग्रह गरेको थियो । अस्पतालले खबर गरेपछि मोरङको जहदा गाउँपालिका–७ सिर्सियाबाट २४ वर्षीय राजा मरण्डीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

श्रीमतीलाई प्रसूति गराउनका लागि भन्दै राजाले १६ हजार रुपैयाँ जम्मा गरेका थिए । उनीसँग भएको पैसा औषधि किन्दै सकियो । आम्दानीको बाटो थिएन । ऋण कसैले पत्याएनन् । पैसा सकिएपछि उनीसँग छोराको मृत्यु कुर्नेबाहेक अन्य विकल्प थिएन ।उपचार खर्च तिर्नसक्ने अवस्था नभएपछि छोरालाई अस्पतालमै छाडेर श्रीमतीलाई घर गएको उनले बताए । ‘पहिलो सन्तान हो, बचाउन सक्छु कि भन्ने आशा थियो,’ उनले भने ‘१६ हजार रुपैयाँ सकियो, अरू पैसा जुटाउन सकिनँ, पैसा नभएपछि श्रीमतीलाई लिएर घर गए ।’ छोराभन्दा आमालाई बचाउनुपर्ने भएकाले छोरा छाडेर सुटुक्क अस्पतालबाट हिँडेको उनले बताए ।

सुकुम्बासी अवस्थाका उनको नाममा जग्गा जमिन छैन । उनको परिवार ऐलानी जग्गामा बनाएको झुप्रो घरबाट जीवन निर्वाह गरिरहेको छ ।पार्वतीको भने स्वास्थ्य बिमा गरिएको थियो । उपचारबापत लागेको खर्च बिमाबाट भुक्तानी हुन्छ भन्ने नबुझेका कारण बाबु–आमा नै शिशुलाई छाडेर हिँडेको पाइएको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए । छाडेर गएपछि खोजी गर्दा पनि अभिभावक फेला पार्न नसकिएको राईको भनाइ छ । सम्पर्कमा कोही आफन्त आइदिए मृत शिशु जिम्मा लगाएर पठाउन सकिने उनले बताए । शिशुको उपचार खर्च सबै बिमाबाटै भुक्तानी हुने जानकारी राईले दिए

प्रतिक्रिया