Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

शिक्षामा उल्लेखनीय सुधार गर्न बिधालयसंग नङ र मासुको जस्तै सम्बन्ध हुनु पर्छ: अध्यक्ष खत्री

शिक्षामा उल्लेखनीय सुधार गर्न बिधालयसंग  नङ र मासुको जस्तै सम्बन्ध हुनु पर्छ: अध्यक्ष खत्री

माधव खनाल -प्युठान  भानुभक्त माध्यमिक बिधालयका नव निर्वाचित बिधालय ब्यबस्थापन समितिका अध्यक्ष जिवलाल खत्रीले शिक्षक, अभिभावक ,बिद्यार्थी र बिधालय ब्यबस्थापन समिति बिच नङ र मासुको जस्तो सम्बन्ध भएमा मात्रै शिक्षामा उल्लेखनीय सुधार हुने बताउनुभएको छ सोमबार भानुभक्त माध्यमिक बिधालयले आयोजना गरेको अभिभावक भेला तथा बिधालय ब्यबस्थापन समिति गठन कार्यक्रममा आफू निर्बाचित भइ प्रतिबद्धता सहितको मन्तव्य राख्दै अध्यक्ष खत्रीले सो कुरा बताउनु भएको थियो ।

कुल पाँचसय चौध अभिभावक रहेको बिधालयमा चार सय एघार जना अभिभावकको बिशेश उपस्थितिले खत्रीलाइ निर्बिरोध रूपमा निर्बाचित गरेको गरेको छ ।अध्यक्ष खत्री ले आफुलाइ निर्बिरोध रूपमा निर्वाचित गरेकोमा अभिभावक र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लाई धन्यवाद समेत दिनुभएको थियो साथै अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा बिधालयलाइ नमुना बिधालयको रूपमा स्थापित गर्ने कुरामा जोड दिनुभयो ।

यस्तै अभिभावक भेलामा मन्तव्य राख्दै मल्लरानी गाउँपालिका शिक्षाशाखा प्रमुख बासुदेव पण्डितले बिधालय शैक्षिक गुणस्तरमा वृद्धि ल्याउनको निमित्त शिक्षक र बिधालय ब्यबस्थापन समितिको मुख्य भुमिका रहने बताउनुभयो । कार्यक्रममा बिधालयका प्रधानध्यापक चक्रपाणी पौडेल मल्लरानी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा गङ्गाराम पौडेललाई निर्बिरोध रूपमा निर्वाचित गरेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ