Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लाइफगार्ड अस्पतालमा एक हप्तामा दुई नाबालकको मृत्यू

लाइफगार्ड अस्पतालमा एक हप्तामा दुई नाबालकको मृत्यू

झापा चैत्र ३

मोरंग जिला स्थित विराटनगर–५ बरगाछीस्थित लाइफगार्ड हस्पिटलमा एक हप्ताको अन्तरालमा दुई ‌नाबालकहरूको मृत्यु भयो । फागुन २८ गते सात महिने एमडी आयनको मृत्यु भएको थियो भने चैत १ गते सात वर्षीय करणकुमार मण्डलको मृत्यु भएको हो ।

सुनसरी खनारका आयनको मृत्युले अस्पतालमा खासै प्रभाव नपारे पनि बर्जु गाउँपालिकाका मण्डलको मृत्युले भने अस्पतालमा तनाव सिर्जना गरेको छ । चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका थिए । लापरवाही गर्ने चिकित्सकलाई सजाय दिइनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग थियो ।

फागुन २६ गते राति ८ः३० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका मण्डलले मट्टितेल पिएका थिए । १२५ मिलिलिटर मट्टितेल पिएका मण्डलको अस्पताल भर्ना भएको चार दिनपछि मृत्यु भएको हो । अस्पताल प्रशासनको कमजोरी र उपचारमा संलग्न चिकित्सकहरूको लापरवाहीनै मृत्युको कारण भएको आफन्तहरूको दावी छ । तर, मण्डलको उपचारमा संलग्न चिकित्सकहरूले भने उपचारमा कुनै लापरवाही नभएको बताएका छन् ।

अस्पतालका नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. शिव राजासहितको टोलीले मण्डलको मृत्युको कारण केरोसिन पोइजनीङ (मट्टितेल विषाक्त) भएको बताएका छन् । ‘मट्टितेल पिएको एक घण्टा बढी समय भइसकेकाले अस्पताल आइपुग्दा नै मण्डलको अवस्था गम्भीर थियो,’ डाक्टर राजाले भने, ‘उपचारका क्रममा मृत्यु होस् भन्ने हाम्रो चाहना पटक्कै हुँदैन, हामीले एनआइसियूमा राखेर उपचार गरे पनि उहाँलाई बचाउन सकेनौँ ।’

एक हप्ताभित्र दुई नाबालकको लाइफगार्ड अस्पतालमा मृत्यु हुनु अस्पताल प्रशासन संयोग मात्र मान्छ । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठ यी दुई घटनाले अस्पतालको सेवा र चिकित्सकको क्षमतामा प्रश्न उठाएको भए पनि अस्पताल प्रशासन र चिकित्सकले कुनै गल्ती नगरेको बताउँछन् ।

प्रतिक्रिया