Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

लाइफगार्ड अस्पतालमा एक हप्तामा दुई नाबालकको मृत्यू

लाइफगार्ड अस्पतालमा एक हप्तामा दुई नाबालकको मृत्यू

झापा चैत्र ३

मोरंग जिला स्थित विराटनगर–५ बरगाछीस्थित लाइफगार्ड हस्पिटलमा एक हप्ताको अन्तरालमा दुई ‌नाबालकहरूको मृत्यु भयो । फागुन २८ गते सात महिने एमडी आयनको मृत्यु भएको थियो भने चैत १ गते सात वर्षीय करणकुमार मण्डलको मृत्यु भएको हो ।

सुनसरी खनारका आयनको मृत्युले अस्पतालमा खासै प्रभाव नपारे पनि बर्जु गाउँपालिकाका मण्डलको मृत्युले भने अस्पतालमा तनाव सिर्जना गरेको छ । चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेका थिए । लापरवाही गर्ने चिकित्सकलाई सजाय दिइनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग थियो ।

फागुन २६ गते राति ८ः३० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका मण्डलले मट्टितेल पिएका थिए । १२५ मिलिलिटर मट्टितेल पिएका मण्डलको अस्पताल भर्ना भएको चार दिनपछि मृत्यु भएको हो । अस्पताल प्रशासनको कमजोरी र उपचारमा संलग्न चिकित्सकहरूको लापरवाहीनै मृत्युको कारण भएको आफन्तहरूको दावी छ । तर, मण्डलको उपचारमा संलग्न चिकित्सकहरूले भने उपचारमा कुनै लापरवाही नभएको बताएका छन् ।

अस्पतालका नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. शिव राजासहितको टोलीले मण्डलको मृत्युको कारण केरोसिन पोइजनीङ (मट्टितेल विषाक्त) भएको बताएका छन् । ‘मट्टितेल पिएको एक घण्टा बढी समय भइसकेकाले अस्पताल आइपुग्दा नै मण्डलको अवस्था गम्भीर थियो,’ डाक्टर राजाले भने, ‘उपचारका क्रममा मृत्यु होस् भन्ने हाम्रो चाहना पटक्कै हुँदैन, हामीले एनआइसियूमा राखेर उपचार गरे पनि उहाँलाई बचाउन सकेनौँ ।’

एक हप्ताभित्र दुई नाबालकको लाइफगार्ड अस्पतालमा मृत्यु हुनु अस्पताल प्रशासन संयोग मात्र मान्छ । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठ यी दुई घटनाले अस्पतालको सेवा र चिकित्सकको क्षमतामा प्रश्न उठाएको भए पनि अस्पताल प्रशासन र चिकित्सकले कुनै गल्ती नगरेको बताउँछन् ।

प्रतिक्रिया

ट्रेन्डिङ