ताजा अपडेट
झापामा स्थानीयले बनाए प्रदेशकै ठूलो महादेवको प्रतिमा
झापा चैत्र ३
बिर्तामोड–१ स्थित पञ्चकन्यामा ३८ लाख रुपैयाँको लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिने छ । स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेवको प्रतिमा स्थापना गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
नौ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि बनाइएको शिवको प्रतिमा कला र सौन्दर्यका हिसाबले प्रदेश नं १ कै उत्कृष्ट र भव्य रहेको निर्माण समितिका संयोजक दीपक दाहालले जिकिर गरे ।प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको र आवरणमा फाइबर प्रयोग गरिएको छ । प्रतिमासँगै निर्माण समितिले पूर्वपश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया