Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामको तुर्माखाँदमा भेटियो कर्णालीमा बेपत्ता रजनीको शव

अछामको तुर्माखाँदमा भेटियो कर्णालीमा बेपत्ता रजनीको शव

दैलेख – कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको घटनामा बेपत्ता पाँच वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । उनको शव नवौँ दिन मङ्गलवार अछामको तुर्माखाँद गाउँपालिका ३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनुपम श्रेष्ठले जानकारी दिनुभयो । कर्णाली नदीको किनारमा भेटिएको बालिकाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन अस्पताल पठाइएको छ ।

दैलेखको आठबीस ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै फागुन २४ गते कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव घटनाको दिन र आमा सुकी तथा उहाँका छोरा १० वर्षीया ललितको शव घटनाको भोलिपल्ट फागुन २५ गते कर्णाली नदीमै भेटिएको थियो ।

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो । सुकीका छोरी १४ वर्षीया कल्पना स्थानीय नेरा माविमा कक्षा ७ मा पढ्थिन् । यस्तै १२ वर्षीया सरिता पाँच कक्षा, १० वर्षका ललित तीन कक्षा र पाँच वर्षीया रजनी कक्षा एकमा पढ्थिन् ।

सुकीका श्रीमान् मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य पारेको कसुरमा उनीमाथि जिल्ला प्रहरी कार्यालय अछामले आत्महत्या दुरुत्साहन मुद्दा चलाइ हिरासत राखेको छ ।

मृतक पाँचै जनाले आफ्नो गाउँ दैलेखको आठबीस नगरपालिका ३ निमायल नजिकै कर्णाली नदीमा हाम फाले पनि सबैको शव अछाम जिल्लाको भू–भागमा फेला परेका कारण अछाममा मुद्दा चलाइएको कर्णाली प्रदेशका प्रहरी इञ्चार्ज वसन्तकुमार पन्तले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ट्रेन्डिङ