Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामको तुर्माखाँदमा भेटियो कर्णालीमा बेपत्ता रजनीको शव

अछामको तुर्माखाँदमा भेटियो कर्णालीमा बेपत्ता रजनीको शव

दैलेख – कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको घटनामा बेपत्ता पाँच वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । उनको शव नवौँ दिन मङ्गलवार अछामको तुर्माखाँद गाउँपालिका ३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनुपम श्रेष्ठले जानकारी दिनुभयो । कर्णाली नदीको किनारमा भेटिएको बालिकाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन अस्पताल पठाइएको छ ।

दैलेखको आठबीस ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै फागुन २४ गते कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव घटनाको दिन र आमा सुकी तथा उहाँका छोरा १० वर्षीया ललितको शव घटनाको भोलिपल्ट फागुन २५ गते कर्णाली नदीमै भेटिएको थियो ।

कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो । सुकीका छोरी १४ वर्षीया कल्पना स्थानीय नेरा माविमा कक्षा ७ मा पढ्थिन् । यस्तै १२ वर्षीया सरिता पाँच कक्षा, १० वर्षका ललित तीन कक्षा र पाँच वर्षीया रजनी कक्षा एकमा पढ्थिन् ।

सुकीका श्रीमान् मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य पारेको कसुरमा उनीमाथि जिल्ला प्रहरी कार्यालय अछामले आत्महत्या दुरुत्साहन मुद्दा चलाइ हिरासत राखेको छ ।

मृतक पाँचै जनाले आफ्नो गाउँ दैलेखको आठबीस नगरपालिका ३ निमायल नजिकै कर्णाली नदीमा हाम फाले पनि सबैको शव अछाम जिल्लाको भू–भागमा फेला परेका कारण अछाममा मुद्दा चलाइएको कर्णाली प्रदेशका प्रहरी इञ्चार्ज वसन्तकुमार पन्तले जानकारी दिनुभयो । 

प्रतिक्रिया