ताजा अपडेट
श्रीमतीको हत्या आरोपमा बल्खुबाट श्रीमान् पक्राउ
काठमाडौं- काठमाडौंको बल्खुमा महिलाको हत्या आरोपमा उनकै श्रीमान् पक्राउ परेका छन्। मंगलबार प्रहरीले हत्या भएकी महिला ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाका श्रीमान् सन्तोष सापकोटालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सन्तोषीको हत्यापछि फरार भएका सन्तोषलाई बल्खुबाट पक्राउ गरिएको हो।
सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो। बोरामा प्याक भएको अवस्थामा सन्तोषीको शव कोठामा नै फेला परेको थियो। बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी घटनास्थल पुग्दा सन्तोषीका श्रीमान सन्तोष सापकोटा भने बेपत्ता भइसकेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सन्तोष र सन्तोषीबीच पारिवारिक विषयमा झगडा बेमेल रहेकाले सोही विषयमा विवाद भएपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि सन्तोषी माइतीघर जोरपाटीमा बस्न थालेकी थिइन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया