Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

ठक्कर दिने सेटिङमा छुटे, बिरामी अलपत्र र भोकभोकै

ठक्कर दिने सेटिङमा छुटे, बिरामी अलपत्र र भोकभोकै

झापा ,चैत्र ३

उपचारबापतको शुल्क तिर्न नसक्दा विराटनगर अस्पतालमा सुनसरीका एक युवक अलपत्र परेका छन् । उपचारबापतको रकम भुक्तानी गर्न नसक्दा इनरुवा नगरपालिका–७ चाँदबेलाका १९ वर्षीय रविन सरदार एक महिनादेखि विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा अलपत्र बनेका हुन् । अस्पतालमा बस्दा उनलाई विहान–बेलुका खानकै समस्या छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राममा रहेको सनसाइन एकेडेमी बोर्डिङ स्कुलले उनको उपचार गराएबापतको पैसा तिर्न आनाकानी गरिरहेको छ । स्कुलको ना८ख ८४१८ नम्बरको बस र रविनले चलाएको को२४प ७३२६ नम्बरको मोटरसाइकल ठोक्किएर गत माघ २१ गते दुर्घटना भएको   थियो ।

दुर्घटना गराउने सवारी र चालक भने उपचार खर्च नतिरी छुटिसकेका छन् । इटहरी– ८ फूलबारी टोलमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको टाउकोमा गहिरो चोट लागेको थियो । अस्पतालका न्युरो सर्जन डा. विवेक वैद्य नेतृत्वको चिकित्सक टोलीले टाउकाको शल्यक्रिया गरेको थियो । पैसा नहुँदा मुखको भने शल्यक्रिया हुन सकिरहेको छ्रैन ।

उपचार ठीक भएको भन्दै अस्पतालले गत फागुन ४ गते नै डिस्चार्ज दिइसके पनि स्कुलले उपचार खर्च नतिर्दा उनी अस्पतालमै छन् । अस्पतालले पनि उपचार खर्च भुक्तानी नभएसम्म घर जान नदिने बताएको आमा उकावतीले सरदारले बताइन् । रविनको देब्रे आँखा अझैसम्म खुल्दैन । दाहिने आँखाले देख्न सक्छ ।

दुर्घटनालगत्तै बसका चालक इटहरी बालग्रामकै ४५ वर्षीय गोपाल नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर पक्राउ परेको केही दिनपछि चालक र बसलाई प्रहरीले छाडेको थियो ।उपचार खर्च तिर्ने सर्तमा स्कुलले सहमतिको कागज गराए पनि अहिलेसम्म नतिरिदिएको रविनका बुबा भोला सरदारले बताए ।

आमा उकावतीले पैसा अभाव भएकाले अस्पतालमा छोरो रुँघेर बस्दा खानासमेत खान नपाएको र भोकभोकै बस्नु परिरहेको गुनासो गरिन् । छोराको प्रारम्भिक उपचारका लागि एक लाख ५० हजार ऋण गरेर र घरमा भएका हलगोरु बेचेर तिरेको उनले बताइन् । रविनले चलाएको मोटरसाइकलको पछाडि उनका काका सनजीत सरदार बसेका थिए । दुर्घटनामा सामान्य घाइते भएका उनी भने उपचारपछि घर फर्किएका छन् ।

अस्पतालका लेखा प्रमुख सुवास पोखरेलले रविनको उपचारमा ६ लाख ७० हजार रुपैयाँको बिल उठेको छ । दुई लाख ७५ हजार तिरिसकेको र तीन लाख ९५ हजार रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ । त्योमध्ये एक लाख २० हजार रुपैयाँ भने स्कुलले उपलब्ध गराएको हो ।

प्रतिक्रिया

ट्रेन्डिङ