Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

ठक्कर दिने सेटिङमा छुटे, बिरामी अलपत्र र भोकभोकै

ठक्कर दिने सेटिङमा छुटे, बिरामी अलपत्र र भोकभोकै

झापा ,चैत्र ३

उपचारबापतको शुल्क तिर्न नसक्दा विराटनगर अस्पतालमा सुनसरीका एक युवक अलपत्र परेका छन् । उपचारबापतको रकम भुक्तानी गर्न नसक्दा इनरुवा नगरपालिका–७ चाँदबेलाका १९ वर्षीय रविन सरदार एक महिनादेखि विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा अलपत्र बनेका हुन् । अस्पतालमा बस्दा उनलाई विहान–बेलुका खानकै समस्या छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राममा रहेको सनसाइन एकेडेमी बोर्डिङ स्कुलले उनको उपचार गराएबापतको पैसा तिर्न आनाकानी गरिरहेको छ । स्कुलको ना८ख ८४१८ नम्बरको बस र रविनले चलाएको को२४प ७३२६ नम्बरको मोटरसाइकल ठोक्किएर गत माघ २१ गते दुर्घटना भएको   थियो ।

दुर्घटना गराउने सवारी र चालक भने उपचार खर्च नतिरी छुटिसकेका छन् । इटहरी– ८ फूलबारी टोलमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको टाउकोमा गहिरो चोट लागेको थियो । अस्पतालका न्युरो सर्जन डा. विवेक वैद्य नेतृत्वको चिकित्सक टोलीले टाउकाको शल्यक्रिया गरेको थियो । पैसा नहुँदा मुखको भने शल्यक्रिया हुन सकिरहेको छ्रैन ।

उपचार ठीक भएको भन्दै अस्पतालले गत फागुन ४ गते नै डिस्चार्ज दिइसके पनि स्कुलले उपचार खर्च नतिर्दा उनी अस्पतालमै छन् । अस्पतालले पनि उपचार खर्च भुक्तानी नभएसम्म घर जान नदिने बताएको आमा उकावतीले सरदारले बताइन् । रविनको देब्रे आँखा अझैसम्म खुल्दैन । दाहिने आँखाले देख्न सक्छ ।

दुर्घटनालगत्तै बसका चालक इटहरी बालग्रामकै ४५ वर्षीय गोपाल नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर पक्राउ परेको केही दिनपछि चालक र बसलाई प्रहरीले छाडेको थियो ।उपचार खर्च तिर्ने सर्तमा स्कुलले सहमतिको कागज गराए पनि अहिलेसम्म नतिरिदिएको रविनका बुबा भोला सरदारले बताए ।

आमा उकावतीले पैसा अभाव भएकाले अस्पतालमा छोरो रुँघेर बस्दा खानासमेत खान नपाएको र भोकभोकै बस्नु परिरहेको गुनासो गरिन् । छोराको प्रारम्भिक उपचारका लागि एक लाख ५० हजार ऋण गरेर र घरमा भएका हलगोरु बेचेर तिरेको उनले बताइन् । रविनले चलाएको मोटरसाइकलको पछाडि उनका काका सनजीत सरदार बसेका थिए । दुर्घटनामा सामान्य घाइते भएका उनी भने उपचारपछि घर फर्किएका छन् ।

अस्पतालका लेखा प्रमुख सुवास पोखरेलले रविनको उपचारमा ६ लाख ७० हजार रुपैयाँको बिल उठेको छ । दुई लाख ७५ हजार तिरिसकेको र तीन लाख ९५ हजार रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ । त्योमध्ये एक लाख २० हजार रुपैयाँ भने स्कुलले उपलब्ध गराएको हो ।

प्रतिक्रिया