ताजा अपडेट
सबै समस्याको प्रमुख कारण केपी ओलीको अहंकार - माधव नेपाल (भिडियो सहित )
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेपालको समग्र कम्युनिष्ट आन्दोलनमा नै अहिले देखिएको समस्याको प्रमुख कारण पार्टी अध्यक्ष केपी ओली भएको आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो, सबै समस्याको जड केपी ओली हुन्, उनको व्यक्तिवाद र कार्यशैलीमा देखिएको अहंकारले यो सबै भएको हो ।
आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलालाई आज लतितपुरमा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।
नेकपा एकीकरणको घोषणा लगत्तै ओलीले पार्टी भित्र एकलौटी गर्न खोजेको अरोप माधव नेपालको छ । ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताउनुभयो ।
उहाँले भन्नभुयो, पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन, उहाँको आफै सबै हुँ भन्ने व्यक्तिवादी प्रवृत्तिले गर्दा यो सब समस्या भएको हो ।
नेता नेपालले ओलीले जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको र आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्ने गरेको पनि बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया