ताजा अपडेट
दार्जिलिङका दम्पत्ति धरानबाट लागुऔषध ब्राउन सुगरसहित गिरफ्तार
झापा,चैत्र ४
भारतको दार्जिलिङ घर भएका एक दम्पत्ति सुनसरीको धरानबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । दार्जिलिङका ३१ वर्षीय विशन घले र उनकी श्रीमती २२ वर्षीया पुन्या तामाङलाई प्रहरीले मङ्गलबार दिउँसो १ बजेतिर पक्राउ गरेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी विपिन रेग्मीले दुवै जना धरानको भानुचोकस्थित तेह्रथुम होटलको १०६ नम्बर कोठाबाट पक्राउ परेको जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले छ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर लागुऔषधमध्ये उच्च गुणस्तरको र महँगो मानिन्छ । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने प्रहरीले जनाएको छ । उनीहरुले भारतबाट लुकाईछिपाई ब्राउन सुगर नेपाल ल्याएर महँगोमा बिक्री गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया