ताजा अपडेट
तीन दिनदेखि बेपत्ता बैतडीका एक व्यक्ति मृतावस्थामा फेला
बैतडी - तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन्।
मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन्। विष्ट सुर्नया गाउँपालिका(६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
चैत २ गते हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृत भेटिएका हुन्।
प्रहरी नायब उपरीक्षक अधिकारीले भने, ‘घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देखिन्छ।’
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया