Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

विश्व युद्ध लड्ने नेपाली गेम रणनीति तय गर्दै , यसरी गर्नुहोस् प्रि-रजिस्ट्रेशन

विश्व युद्ध लड्ने नेपाली गेम रणनीति तय गर्दै , यसरी गर्नुहोस् प्रि-रजिस्ट्रेशन

आधुनिक समयको युद्ध मैदानमा परमाणु, हात हतियार र पाखुराको बल असान्दर्भिक बनिसकेका छन् । सेनाको संख्या र शक्तिमा मात्र युद्ध परिणाम निर्भर हुँदैन । अबको विश्वलाई कसले नेतृत्व गर्छ र को वर्चस्वशाली बन्छ भन्ने कुरा युद्धरत मुलुकको रणनीति, प्रविधि र उसका विविध आयामहरुको सशक्तताले निर्धारण गर्दछ ।

वर्तमान विश्वको यही वास्तविकतालाई गेममा उतारेर भर्चुअल अनुभूति प्रदान गर्ने उद्देश्यले आईटी कम्पनी पोडामाइब नेपाल प्राइभेट लिमिटेडका केही गेम डेभलपर्सहरु लाग परिरहेका छन् । डेढ वर्षको अध्ययन अनुसन्धान र डेभलपमेन्टको काममा लागेर अहिले यो टिमले मल्टी प्लेयर वर्ल्ड वार फोर- एण्डगेम्स (World War IV – Endgames) तयार पारेको छ ।

याे गेम एउटा स्ट्राटेजिक गेम हो । यो पब्जीजस्तो रोयल ब्याटल गेम होइन । यसमा हात हतियार प्रयोग गरी हिंसात्मक युद्ध गरिन्न । विगतमा भएका हिंसात्मक युद्ध र त्यसले निम्त्याएको मानव संकटको स्थितिलाई पुनः दोहोरिन नदिन शान्तिपूर्ण ढङ्गबाट विभिन्न रणनीति र कौशलको प्रयोग गरी विश्व वर्चस्व कायम गर्न विभिन्न मुलुकले यस गेममार्फत संघर्ष गर्नुपर्नेछ ।

यस गेमको स्टोरीलाइनलाई २०३० मा सेट गरिएको छ । जहाँ चौंथो विश्वयुद्धको कल्पना गरिएको छ । मुलुकहरु आठवटा शक्तिशाली ब्लक अमेरिका, बेलायत, संयुक्त युरोप, संयुक्त मध्यपूर्व, रसिया, जापान, चीन र भारतमा विभाजन हुनेछन् ।

यस्तै गेममा चारवटा करियर मोड फिचर रहेका छन् । जसमा उच्च दक्ष जनशक्ति, बिजनेसम्यान, राजनीतिज्ञ र सेनाहरु रहने छन् । यी चारैवटा करियर मोडले आफूलाई के कसरी शक्तिशाली बनाएर देशलाई बलियो बनाउन सकिन्छ भन्ने रणनीति अपनाउने छन् । जुन देशमा यी चारै मोड शक्तिशाली हुन्छन्, तीनले साना देशहरुलाई कब्जा गर्दै आफ्नो वर्चस्व कायम गर्ने छन् ।

‘यसमा रणनीति र हिसाब किताब मात्र हुन्छ । करियर मोडका खेलाडीहरुले आफ्नो क्याटेगोरीलाई कसरी बलियो बनाउने भनेर रणनीति प्रयोग गर्ने मात्र हुन्छ,’ पोडामाइब कम्पनीका बजार प्रमुख सुजिताब चौधरी भन्छन्, ‘कसरी गोल्ड कोइनहरु प्राप्त गर्न सक्छन्, त्यसको लागि आइडिया लगाउँछन् र यी करियर मोडको शक्ति बढ्दै गएपछि साना मुलुकलाई कब्जा गर्दै जान्छन् ।’

पोडामाइबले अबको दुई/तीन दिनमै यस गेमको बेटा भर्सन विश्वभर सार्वजनिक गर्ने बताएको छ । बेटा भर्सनमा सबैले खेल्न पाउने उनी बताउँछन् ।

गेमको फाइनल भर्सन भने आगामी अप्रिल ४ मा सार्वजनिक गर्ने चौधरीले बताए । गेम सुरुमा पीसी र एन्ड्रोइडमा सार्वजनिक हुने र करिब दुई हप्तापछि आईओएसमा समेत सार्वजनिक गर्ने उनले बताए । 

विश्वभरका अनलाइन गेमिङ प्रेमीहरुका लागि सार्वजनिक गरिने यस गेमको आउटरिच विश्वभर बढाउन अहिले पोडामाइबको निमार्ण टिम लागेको सुजिताबले बताए ।

‘यस गेमलाई विश्वभर लैजाने हाम्रो उद्देश्य हो । यसैले यसलाई बाहिरका स्ट्रिमर, प्रेस रिलिज, ब्लक साइट आदि सबैमार्फत प्रचार गर्न पहल गरिरहेका छौं,’ सुजिताब भन्छन् । 

यस गेमलाई युनिटी डेभलपर अमिर महर्जन र जाभा डेभलपर चुडामणि कार्कीले निर्माण गरेका हुन् । यसका प्रोजेक्ट म्यानेजर भने अनुराधा भण्डारी हुन् ।

पोडामाइब थापाथलीस्थित आईटी सफ्टवेयर डेभलपमेन्ट कम्पनी हो ।

याे गेमका लागि प्रि-रजिस्ट्रेसन गर्न यहाँ क्लिक गर्नुहाेस् ।

 

प्रतिक्रिया