Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा

बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने  घोषणा

बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग गर्न छोड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कम मात्रामा सक्रिय रहने खानले ट्वीटरमा अन्तिम पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले हालै एक भिडियो पोस्ट गर्दै साथमा लेखेका छन्, ‘हेलो साथीहरु, मेरो जन्मदिनमा व्यक्त गरिएका शुभकामनाप्रति धेरै धेरै धन्यवाद । तपाईंका शुभकामनाले मेरो मुटु भरिएको छ ।

सामाजिक सञ्जालमा आमिर खानको अन्तिम पोस्ट

एउटा अर्को जानकारी दिन चाहन्छु कि सामाजिक सञ्जालमा यो मेरो अन्तिम पोस्ट हो । त्यसै पनि म निकै थोरै मात्र सामाजिक सञ्जालमा सक्रिय रहन्छु । यस्तोमा यो देखावटीको आवश्यकता छैन ।

हामी मानिसहरु पहिलेजस्तै आउँदा दिनमा पनि कुराकानी गर्दै गरौंला ।’ आमिर खानले भनेका छन् कि उनले आमिर राखन प्रडक्सनको नयाँ सामााजिक सञ्जाल अकाउन्ट बनाएका छन् । यही नयाँ ह्याण्डलमा आमिर खानका फिल्मको अपडेट आउनेछ ।

आमिर खानको बन्द गरिएको ट्वीटर अकाउन्ट

मार्च १४ अर्थात गत चैत १ गते मात्र अभिनेता खानले आफ्नो ५६ औं जन्मदिन मनाएका थिए । काममा ध्यान केन्द्रीत गर्न सामाजिक सञ्जाल प्रयोग गर्न बन्द गरेको उनले बताएका छन् ।

आमिर खानले यस किसिमको निर्णय लिएको यो नै पहिलो पटक भने होइन । यसै वर्षको फेब्रुअरीमा उनले आफ्नो आउँदो नयाँ फिल्म लालसिङ चड्डा रिलिज नहुञ्जेल मोबाइल अफ राख्ने निर्णय लिएका थिए ।

फोनले गर्दा आफ्नो काममा असर नपरोस् र ध्यान भंग नहोस् भन्ने हिसाबले उनले त्यस्तो निर्णय लिएका थिए । लालसिँह चड्डामा खानले करिना कपुरसँग स्क्रिन शेयर गरेको देख्न पाइनेछ ।

अहिले आमिर लालसिँह चड्डाकै काममा व्यस्त छन् । फिल्मको शुटिङ सम्पन्न भइसकेको भए पनि उनको टिम अहिले पोस्ट प्रडक्टसनको काममा लागिपरेको छ । लालसिँह चड्डा टम ह्याङ्स फरेस्ट गम्पको हिन्दी रिमेक फिल्म हो । यो फिल्म २०२१ को क्रिशमसमा रिलिज हुनेछ ।

प्रतिक्रिया