Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १० पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा

बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा

बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने  घोषणा

बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग गर्न छोड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कम मात्रामा सक्रिय रहने खानले ट्वीटरमा अन्तिम पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले हालै एक भिडियो पोस्ट गर्दै साथमा लेखेका छन्, ‘हेलो साथीहरु, मेरो जन्मदिनमा व्यक्त गरिएका शुभकामनाप्रति धेरै धेरै धन्यवाद । तपाईंका शुभकामनाले मेरो मुटु भरिएको छ ।

सामाजिक सञ्जालमा आमिर खानको अन्तिम पोस्ट

एउटा अर्को जानकारी दिन चाहन्छु कि सामाजिक सञ्जालमा यो मेरो अन्तिम पोस्ट हो । त्यसै पनि म निकै थोरै मात्र सामाजिक सञ्जालमा सक्रिय रहन्छु । यस्तोमा यो देखावटीको आवश्यकता छैन ।

हामी मानिसहरु पहिलेजस्तै आउँदा दिनमा पनि कुराकानी गर्दै गरौंला ।’ आमिर खानले भनेका छन् कि उनले आमिर राखन प्रडक्सनको नयाँ सामााजिक सञ्जाल अकाउन्ट बनाएका छन् । यही नयाँ ह्याण्डलमा आमिर खानका फिल्मको अपडेट आउनेछ ।

आमिर खानको बन्द गरिएको ट्वीटर अकाउन्ट

मार्च १४ अर्थात गत चैत १ गते मात्र अभिनेता खानले आफ्नो ५६ औं जन्मदिन मनाएका थिए । काममा ध्यान केन्द्रीत गर्न सामाजिक सञ्जाल प्रयोग गर्न बन्द गरेको उनले बताएका छन् ।

आमिर खानले यस किसिमको निर्णय लिएको यो नै पहिलो पटक भने होइन । यसै वर्षको फेब्रुअरीमा उनले आफ्नो आउँदो नयाँ फिल्म लालसिङ चड्डा रिलिज नहुञ्जेल मोबाइल अफ राख्ने निर्णय लिएका थिए ।

फोनले गर्दा आफ्नो काममा असर नपरोस् र ध्यान भंग नहोस् भन्ने हिसाबले उनले त्यस्तो निर्णय लिएका थिए । लालसिँह चड्डामा खानले करिना कपुरसँग स्क्रिन शेयर गरेको देख्न पाइनेछ ।

अहिले आमिर लालसिँह चड्डाकै काममा व्यस्त छन् । फिल्मको शुटिङ सम्पन्न भइसकेको भए पनि उनको टिम अहिले पोस्ट प्रडक्टसनको काममा लागिपरेको छ । लालसिँह चड्डा टम ह्याङ्स फरेस्ट गम्पको हिन्दी रिमेक फिल्म हो । यो फिल्म २०२१ को क्रिशमसमा रिलिज हुनेछ ।

प्रतिक्रिया