Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रुटिन अफ नेपाल बन्दका भिक्टरको पब्जी टिम डीआरएसमा लगानी

रुटिन अफ नेपाल बन्दका भिक्टरको पब्जी टिम डीआरएसमा  लगानी

चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेल ‘रुटिने’ ले नेपाली पब्जी टिम डीआरएस (द रियल सोल्जर) को स्वामित्व खरिद गरेका छन् । क्लबको निश्चित शेयर सहित पौडेल डीआरएसमा जोडिएका हुन् ।

बिहीबार दिउँसो टिममा पौडेलको स्वामित्व घोषणा सहित खेलाडीसँग हस्ताक्षर कार्यक्रम राखिएको छ । पौडेल डीआरएसका सह लगानीकर्ता तथा सीईओको रुपमा रहनेछन् ।

डीआरएस अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी टिम हो । उनीहरुको समेत टिममा निश्चित प्रतिशत स्वामित्व रहेको छ ।

नेपालको गेमिङ क्षेत्रमा खेलाडीहरुलाई प्रोत्साहन गर्ने कार्यमा अशेष र रिजनको नाम अग्र पंतिमा आउँछ । अनलाइन गेमिङको क्षेत्रमा सहकार्यका लागि डीआरएसमा पौडेल समेत जोडिएका हुन् ।

हालै पब्जी मोबाइल ग्लोबल च्याम्पियन्समा सहभागी भइसकेको डीएसआर नेपालकै मूख्य पब्जी टिम हो । टिममा चार जना खेलाडी यस अघिकै रहेका छन् भने एक जना नयाँ खेलाडीलाई अनुबन्ध गरिने बताइएको छ । टिममा भिक्टर पौडेलको स्वामित्व कति प्रतिशत हो भन्ने कुरा भने स्पष्ट रुपमा खुलाइएको छैन ।

डीएसआर हाल साउथ एसियन चरणको खेलको तयारीमा रहेको छ । यस अघि राष्ट्रिय स्तरमा विजेता बन्दै डीआरएस साउथ एसियन चरणमा दोस्रो भएको थियो । त्यसपछिको ग्लोबल च्याम्पियनमा भने टोली २० औं स्थानमा परेको थियो ।

टिमका खेलाडीहरुमा माफिया निञ्जा (युगेन लामा), एजे (अजय श्रेष्ठ), निमा (निमा तामाङ), ग्याल्जेन (पेम्बा ग्याल्जेन लामा), एमआरबोरो (अञ्जन राई) रहेका छन् । एमआरबोरो भने टिममा नयाँ खेलाडीको रुपमा आवद्ध भएका छन् । उनले टिमबाट खेल्न समेत सुरु गरिसकेको बताइएको छ ।

खेलाडीहरुलाई मासिक रुपमा पारिश्रमिक दिनुका साथै बुटक्याम्पमा बस्दाको खाने बस्ने सबै जिम्मेवारी व्यवस्थापनको हुनेछ । त्यस बाहेक खेलबाट प्राप्त पुरस्कार राशी भने खेलाडी सहित व्यवस्थापन टोलीबीच बाँड्ने आन्तरिक सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ