Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रुटिन अफ नेपाल बन्दका भिक्टरको पब्जी टिम डीआरएसमा लगानी

रुटिन अफ नेपाल बन्दका भिक्टरको पब्जी टिम डीआरएसमा  लगानी

चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेल ‘रुटिने’ ले नेपाली पब्जी टिम डीआरएस (द रियल सोल्जर) को स्वामित्व खरिद गरेका छन् । क्लबको निश्चित शेयर सहित पौडेल डीआरएसमा जोडिएका हुन् ।

बिहीबार दिउँसो टिममा पौडेलको स्वामित्व घोषणा सहित खेलाडीसँग हस्ताक्षर कार्यक्रम राखिएको छ । पौडेल डीआरएसका सह लगानीकर्ता तथा सीईओको रुपमा रहनेछन् ।

डीआरएस अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी टिम हो । उनीहरुको समेत टिममा निश्चित प्रतिशत स्वामित्व रहेको छ ।

नेपालको गेमिङ क्षेत्रमा खेलाडीहरुलाई प्रोत्साहन गर्ने कार्यमा अशेष र रिजनको नाम अग्र पंतिमा आउँछ । अनलाइन गेमिङको क्षेत्रमा सहकार्यका लागि डीआरएसमा पौडेल समेत जोडिएका हुन् ।

हालै पब्जी मोबाइल ग्लोबल च्याम्पियन्समा सहभागी भइसकेको डीएसआर नेपालकै मूख्य पब्जी टिम हो । टिममा चार जना खेलाडी यस अघिकै रहेका छन् भने एक जना नयाँ खेलाडीलाई अनुबन्ध गरिने बताइएको छ । टिममा भिक्टर पौडेलको स्वामित्व कति प्रतिशत हो भन्ने कुरा भने स्पष्ट रुपमा खुलाइएको छैन ।

डीएसआर हाल साउथ एसियन चरणको खेलको तयारीमा रहेको छ । यस अघि राष्ट्रिय स्तरमा विजेता बन्दै डीआरएस साउथ एसियन चरणमा दोस्रो भएको थियो । त्यसपछिको ग्लोबल च्याम्पियनमा भने टोली २० औं स्थानमा परेको थियो ।

टिमका खेलाडीहरुमा माफिया निञ्जा (युगेन लामा), एजे (अजय श्रेष्ठ), निमा (निमा तामाङ), ग्याल्जेन (पेम्बा ग्याल्जेन लामा), एमआरबोरो (अञ्जन राई) रहेका छन् । एमआरबोरो भने टिममा नयाँ खेलाडीको रुपमा आवद्ध भएका छन् । उनले टिमबाट खेल्न समेत सुरु गरिसकेको बताइएको छ ।

खेलाडीहरुलाई मासिक रुपमा पारिश्रमिक दिनुका साथै बुटक्याम्पमा बस्दाको खाने बस्ने सबै जिम्मेवारी व्यवस्थापनको हुनेछ । त्यस बाहेक खेलबाट प्राप्त पुरस्कार राशी भने खेलाडी सहित व्यवस्थापन टोलीबीच बाँड्ने आन्तरिक सहमति भएको बताइएको छ ।

प्रतिक्रिया