Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ससर्त सामूहिक राजीनामा दिए अन्नपूर्ण पोस्ट्का २८ पत्रकारले

ससर्त सामूहिक राजीनामा दिए अन्नपूर्ण पोस्ट्का २८ पत्रकारले

क्याप्टेन रामेश्वर थापाको प्रकाशनमा प्रकाशित हुँदै आएको राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट्का २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले २०७८ साल बैशाख ३ गतेदेखि लागू हुने गरी २०७७ चैत ३ गते सामूहिक राजीनामा दिएका हुन् । 

राजीनामा दिनका लागि सम्पादक अखण्ड भण्डारीले कार्यरत पत्रकारहरुलाई दबाब दिँदै आएका थिए । उनले २०७७ फागुन २० गते साँझ ६ बजे मिटिङ छ भनी आफ्नो कार्यकक्षमा बोलाएर सबैलाई ‘पत्रिका बन्द गरी डिजिटाइजमा जाने निर्णय भएको र सबै जनाले राजीनामा दिनुपर्ने भनी माथिको निर्देशन आएको’ सूचना दिएर राजीनामा गर्न लगाएका थिए । 

त्यसको पाँच दिनमै फागुन २५ गते अपरान्ह ४ः३० बजे भण्डारी र अन्नपूर्ण पोस्ट् डट कमका सम्पादक विष्णु सुवेदीको उपस्थितिमा कम्पनीका सीइओ मानस घिमिरेले अत्यन्त जरुरी मिटिङ छ भनी सातौं तालामा डाकी ‘केही समयपछि पत्रिकाको प्रकाशन बन्द गरिने निर्णय भएको सुनाई हामी श्रमजीवीहरुलाई राजीनामा दिन वाध्य पारिएको’ भनी राजीनामा पत्रमा उल्लेख गरिएको छ । 

राजीनामा दिनेहरुले राजीनामा पत्रमा ‘वाध्य भई दबाबपूर्ण अवकास’ भनी लेखेका छन् । राजीनामा दिनेहरु एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारहरु रहेका छन् । 

उक्त राजीनामामा श्रमजीवी पत्रकारले पाउनु पर्ने सेवा सुविधा, न्यूनतम् पारिश्रमिक लगायतको व्यवस्था रहेकामा कोरोनाकालदेखि काटिएको तलबको भुक्तानी, गत दशैंतिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व भत्ता, श्रमिक कटौती गर्दा श्रमजीवी पत्रकारलाई दिइनु पर्ने क्षतिपूर्ति, उपदान, सञ्चयकोष, उपचार खर्च, सञ्चित बिरामी बिदा र घर बिदाको रकम लगायत कानूनअनुसार प्रदान गर्नुपर्ने सम्पूर्ण सुविधासहित हिसाबकिताब गरी भुक्तानीको व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन् । 

राजीनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे रहेका छन् । 

 

 

प्रतिक्रिया