ताजा अपडेट
नेपाली काङ्ग्रेसका नेता कोईरालाको अबशान
नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेता अशोक कोइरालाको निधनले आफूलाई दुःखी बनाएको बताएका छन् । देउवाले सामाजिक सञ्जालमार्फत नेता कोइरालाको निधनले आफूलाई दुःखी बनाएको बताएका हुन् ।
‘नेपाली काङ्ग्रेसका नेता एवं मेरा मित्र अशोक कोइरालाको निधनको खबरले निकै मर्माहित भएको छु,’ देउवाले लेखेका छन्, ‘उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका सधैँ प्रशंसनीय छ । उहाँको निधनले काङ्ग्रेसले एउटा असल नेता गुमाएको छ ।’ नेपाली काङ्ग्रेसमार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका कोइराला विराटनगर उपमहानगरपालिकाका पहिलो निर्वाचित मेयर हुन् ।
२०४८ सालमा निर्वाचित भएका कोइरालाले २०५४ सालसम्म काम गरेका थिए । नेपाली काङ्ग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा बिहीबार बिहान करिब १ बजे विराटनगरको न्युरो अस्पतालमा निधन भएको थियो ।
प्रतिक्रिया