Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना

प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना

झापा चैत्र ५

दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् ।  दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् ।

सिरहा नगरपालिका–१४ खिरौनाका कार्तिकलाई मंसिर २० गते सिरहा–१३ का वडाध्यक्ष सचिन साहको ज२त ७०३ नम्बरको ट्याक्टरले सिरहा–१४ लबटोलीमा ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार अत्यन्तै नाजुक अवस्थाका नाबालकलाई उपचारका लागि ल्याइएको थियो ।

‘टाउकाको शल्यक्रिया गरेर बच्चालाई बचाउनसम्म सकियो,’ विनाडीले भने, ‘तर प्रतिबद्धताअनुसार दुर्घटना गराउने पक्षले उपचारबापतको खर्च नतिरिदिएपछि बच्चालाई लिएर बाबुआमा भागेछन् ।’ नाबालकको दाहिने आँखाको दृष्टि गुमेको छ । आवाज बिग्रिएर राम्ररी बोल्नै सक्दैनन् ।माघ १६ गते नै डिस्चार्ज गरिदिए पनि उपचारबापतको सबै पैसा नतिरेको भन्दै घर लैजान नदिएर नाबालकलाई डेढ महिना अघिदेखि अस्पतालमै बन्धक बनाइएको थियो ।

प्रशासन प्रमुख विनाडीका अनुसार अस्पतालमा उपचारबापत सात लाख १९ हजार आठ सय २८ रुपैयाँ खर्च भएको छ । जसमा वडाध्यक्ष साहले तीन लाख ५१ हजार सुरुमै तिरिदिएका थिए । तीन लाख ६८ हजार आठ सय २८ रुपैयाँ तिर्न बाँकी छ । औषधिको ८८ हजार र होटलमा खाना र नास्ताको ६० हजार रुपैयाँ पनि तिर्न बाँकी नै छ ।

प्रतिक्रिया