Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना

प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना

झापा चैत्र ५

दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् ।  दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् ।

सिरहा नगरपालिका–१४ खिरौनाका कार्तिकलाई मंसिर २० गते सिरहा–१३ का वडाध्यक्ष सचिन साहको ज२त ७०३ नम्बरको ट्याक्टरले सिरहा–१४ लबटोलीमा ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार अत्यन्तै नाजुक अवस्थाका नाबालकलाई उपचारका लागि ल्याइएको थियो ।

‘टाउकाको शल्यक्रिया गरेर बच्चालाई बचाउनसम्म सकियो,’ विनाडीले भने, ‘तर प्रतिबद्धताअनुसार दुर्घटना गराउने पक्षले उपचारबापतको खर्च नतिरिदिएपछि बच्चालाई लिएर बाबुआमा भागेछन् ।’ नाबालकको दाहिने आँखाको दृष्टि गुमेको छ । आवाज बिग्रिएर राम्ररी बोल्नै सक्दैनन् ।माघ १६ गते नै डिस्चार्ज गरिदिए पनि उपचारबापतको सबै पैसा नतिरेको भन्दै घर लैजान नदिएर नाबालकलाई डेढ महिना अघिदेखि अस्पतालमै बन्धक बनाइएको थियो ।

प्रशासन प्रमुख विनाडीका अनुसार अस्पतालमा उपचारबापत सात लाख १९ हजार आठ सय २८ रुपैयाँ खर्च भएको छ । जसमा वडाध्यक्ष साहले तीन लाख ५१ हजार सुरुमै तिरिदिएका थिए । तीन लाख ६८ हजार आठ सय २८ रुपैयाँ तिर्न बाँकी छ । औषधिको ८८ हजार र होटलमा खाना र नास्ताको ६० हजार रुपैयाँ पनि तिर्न बाँकी नै छ ।

प्रतिक्रिया