Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

चौरपाटी गाउँ कार्यपालिकाको आकस्मिक बैठक सम्पन्न

चौरपाटी गाउँ कार्यपालिकाको आकस्मिक बैठक सम्पन्न

अछाम – जिल्लाको चौरपाटी गाउँ पालिका गाउँ कार्यपालिकाको आकस्मिक बैठक शनिबार राजनीतिक दलका नेता सरोकारवाला सहित विभिन्न सुझाव संकलन गरेर बैठक सप्पन्न भएको छ ।

गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको बैठकले विभिन्न ७ वटै वडामा निर्माण गरेका बिधालयका क्वारेन्टाइन स्थलको अवस्थाका बारेमा जानकारी लिएको थियोे ।

अहिले बिधालयमा निर्माण गरेका क्वारेन्टाइन मापदण्ड अनुसार नभएकोले हुलका हुल बिधालयमा राखेका ब्याक्तिलाइ संक्रमणबाट जोगाउनका लागि हरेक ब्याक्तिले सामाजिक दुरि कायम गर्नु पर्ने वडा अध्यक्षले बताएका छन ।

चौरपाटी गाउँ पालिकामा ९सय ३७ जना देशका विभिन्न जिल्ला र भारत बाट गाउँ फर्केका छन वडा नम्बर १ सिउडिमा १सय ७३ जना वडा नम्बर २ सोकटमा १सय १८ जना वडा नम्बर ३ सोकट गगुडामा ७१ जना वडा नम्बर ४ पायलमा २ सय ६७ जना वडा नम्बर ५ लुग्रामा १२६ जना वडा नम्बर ६ दुनिमा ९७ जना वडा नम्बर ७ मार्कुमा ८५ जना रहेको सिउडी र चौखुट्टे प्रहरी चौकिका इन्चार्जले बैठकमा जानकारी गराएका छन ।

सामुदायिक भवन र बिधालयको भौतिक संरचनाको अभावले अब थप ब्यक्तिलाइ क्वारेन्टाइनमा राखेर ब्यबस्थापन गर्न नसकिने वडा अध्यक्षले बताउदै बैकल्पिक ब्यबस्थाका लागि सोच्नु पर्ने बताएका छन ।

बैठकमा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले कोरना भाइरस कोभिड १९ को रोकथामका बारेमा गाउँ पालिकाले गरेको कामको जानकारी गराउदै उच्च मनोबलका साथ काम गर्न सबैलाई अनुरोध गर्नु भयो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी सदस्य एंब चौरपाटी गाउँ पालिकाका इन्चार्ज रामबहादुर थापाले सबै नागरिकले सामाजिक दुरि कायम गर्दै होन क्वारेन्टाइनमा बाहिर बाट आएका ब्याक्तिलाइ राखेर स्वयंसेवक परिचालन गर्दा अझै प्रभावकारी रहने बताउनु भयो ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी सदस्य एंब सह इन्चार्ज रामबहादुर आउजिले तत्काल संक्रमितलाई सुरक्षित राख्नका लागि तुरुन्तै आइसोलेसन निर्माण गर्न आग्रह गर्नु भयो ।

बैठकमा सुझाव दिने सबै राजनीतिक दलका नेता कार्यकर्ता सरोकारवालाले संघ प्रदेश सरकारले तत्काल स्याब संकलन गरेर पि सि आरको तत्काल ब्यबस्था गर्न माग गर्नु भएको छ ।

प्रतिक्रिया