Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चौरपाटी गाउँ कार्यपालिकाको आकस्मिक बैठक सम्पन्न

चौरपाटी गाउँ कार्यपालिकाको आकस्मिक बैठक सम्पन्न

अछाम – जिल्लाको चौरपाटी गाउँ पालिका गाउँ कार्यपालिकाको आकस्मिक बैठक शनिबार राजनीतिक दलका नेता सरोकारवाला सहित विभिन्न सुझाव संकलन गरेर बैठक सप्पन्न भएको छ ।

गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको बैठकले विभिन्न ७ वटै वडामा निर्माण गरेका बिधालयका क्वारेन्टाइन स्थलको अवस्थाका बारेमा जानकारी लिएको थियोे ।

अहिले बिधालयमा निर्माण गरेका क्वारेन्टाइन मापदण्ड अनुसार नभएकोले हुलका हुल बिधालयमा राखेका ब्याक्तिलाइ संक्रमणबाट जोगाउनका लागि हरेक ब्याक्तिले सामाजिक दुरि कायम गर्नु पर्ने वडा अध्यक्षले बताएका छन ।

चौरपाटी गाउँ पालिकामा ९सय ३७ जना देशका विभिन्न जिल्ला र भारत बाट गाउँ फर्केका छन वडा नम्बर १ सिउडिमा १सय ७३ जना वडा नम्बर २ सोकटमा १सय १८ जना वडा नम्बर ३ सोकट गगुडामा ७१ जना वडा नम्बर ४ पायलमा २ सय ६७ जना वडा नम्बर ५ लुग्रामा १२६ जना वडा नम्बर ६ दुनिमा ९७ जना वडा नम्बर ७ मार्कुमा ८५ जना रहेको सिउडी र चौखुट्टे प्रहरी चौकिका इन्चार्जले बैठकमा जानकारी गराएका छन ।

सामुदायिक भवन र बिधालयको भौतिक संरचनाको अभावले अब थप ब्यक्तिलाइ क्वारेन्टाइनमा राखेर ब्यबस्थापन गर्न नसकिने वडा अध्यक्षले बताउदै बैकल्पिक ब्यबस्थाका लागि सोच्नु पर्ने बताएका छन ।

बैठकमा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले कोरना भाइरस कोभिड १९ को रोकथामका बारेमा गाउँ पालिकाले गरेको कामको जानकारी गराउदै उच्च मनोबलका साथ काम गर्न सबैलाई अनुरोध गर्नु भयो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी सदस्य एंब चौरपाटी गाउँ पालिकाका इन्चार्ज रामबहादुर थापाले सबै नागरिकले सामाजिक दुरि कायम गर्दै होन क्वारेन्टाइनमा बाहिर बाट आएका ब्याक्तिलाइ राखेर स्वयंसेवक परिचालन गर्दा अझै प्रभावकारी रहने बताउनु भयो ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी सदस्य एंब सह इन्चार्ज रामबहादुर आउजिले तत्काल संक्रमितलाई सुरक्षित राख्नका लागि तुरुन्तै आइसोलेसन निर्माण गर्न आग्रह गर्नु भयो ।

बैठकमा सुझाव दिने सबै राजनीतिक दलका नेता कार्यकर्ता सरोकारवालाले संघ प्रदेश सरकारले तत्काल स्याब संकलन गरेर पि सि आरको तत्काल ब्यबस्था गर्न माग गर्नु भएको छ ।

प्रतिक्रिया