Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

वीपी पार्कमा पर्यटकिय शौचालय

वीपी पार्कमा पर्यटकिय शौचालय

झापा, चैत्र ५

सुनसरी जिल्ला धरान सर्दुखोला स्थित वीपी पार्कमा सरकारको ग्रामिण खानेपानी तथा सरसफाई कोष विकाश समितिले आधुनिक सुविधायुक्त सरसफाईको दृष्टिले सुरक्षीत पर्यटकिय शौचालय निर्माण कार्य शुरु गरेको छ । पार्कमा दैनिक सैयकडौ आगन्तुको चाप बढेपछि सरसफाईको हिसाबले सुरक्षीत शौचालन बनाउन जरुरी भएको हुँदा धरान उपमहानगरपालिकाको प्रस्तावमा समितिले निर्माण कार्य शुरु गरेको हो ।

अहिले पार्कमा भएको सुलभ शौचालयको रिङग राखेर शकपिट बनाइएको २ कोठाको शौचालय छ । सरसफाईको दृष्टिले शौचालय अव्यवस्थित छ । पार्कमा आउने आगन्तुकहरुको संख्या बढ्दै गएकाले सिमेन्टको प्लाष्टर गरिएको शकपिट सहितको सुरक्षीत शौचालयको डिजायन अनुसार आधुनिक शौचालय बन्न लागेको  आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले जानकारी दिए ।

नगरपालिकाका वरिष्ट इञ्जिनीयर सुरज श्रेष्ठका अनुसार १ हजार स्क्वायर फिटमा बन्न लागेको शौचालयमा पुरुषका लागि २ ट्वाइलेट, ५ युरिनल, महिलाका लागि ३ ट्वाइलेट रहने छ । अपाङमैत्री ट्वाइलेट १ कोठा सहित एउटा सर्भिस रुम पनि हुनेछ । शौचालयको शकपिटमा फोहोर जम्मा भएपछि अन्यत्र लगेर डम्पगर्न मिल्ने गरी सिमेन्टको प्लाष्टर गरी बनाइने छ । डिजायन र निर्माणको टेण्डर सरसफाई कोषले नै गरेको हो ।  

मेयर राईका अनुसार पार्कमा शौचालय आवश्यक भएको बारेमा वडा कार्यालय, स्थानिय समुदाय, आमा समुह समेतको भेलाले छलफल गरी उपमहानगरपालिका संग सम्झौता गरेपछि योजना कार्यान्वयका लागि निर्णय गरिएको हो । भेलाले गरेको छलफलको माइन्युट निर्माणस्थलमा सञ्चालित ओशो आश्रमका सञ्चालक आनन्द श्रेष्ठले गरेका हुन । तर यसबारे स्थानिय दैनिक ब्लष्ट पत्रिका प्रकाशित समाचारले भ्रम पैदा गरेको उनको भनाई छ ।  

धरानका लागि प्रस्तावित यस्ता ३ परियोजना मध्ये एउटा उपमहानगरपालिको सिफारिसमा धरान–१२ स्थित पब्लिक हाई स्कुलमा निर्माण हुने मेयर राईले बताए । धरान–धन्कुटा सडकको शुरुविन्दुमा बनाउने योजना वेश क्याम्प तथा वरपर बनाउने भनिएपनि जग्गा नपाएपछि वीपी पार्कमा प्रस्ताव गरिएको हो । तेश्रो योजना सेउती पूलमा बनाउने भएपनि सरसफाई कोषले नै कटौती गरेको उनले बताए । उनले भने ‘पर्यटकिय स्थलको विकासका लागि नगरपालिकाले गरेको सही निर्णयप्रति व्यक्तिगत पुर्वाग्रही सोच राख्न नहुने सबैसंग आग्रह गर्दछु ।’

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुले पार्कमा अहिले पिसाब गरेको मात्र १० रुपया लिने गरेको तथा त्यहाँको आम्दामीको हिसाब किताबाका साथै स्थानिय समुदायले निर्माण गरेको मलामी खाजा घर ओशो आश्रमले कब्जा गरी मलामीका लागि प्रयोग गर्न नदिदा विवाद चल्दै आएको बारेमा प्रश्न गरेका थिए । मेयर राईले योग अभ्यास सञ्चालन आवश्यक बताउँदै तर त्यस्ता संस्थाहरुले स्थानिय सरकार संग सहकार्य गरी पारदर्शी र व्यवस्थित हुन जरुरी भएको बताए । नक्सा अनुसार निर्माणस्थलको ठाउँ उत्तरतिर सार्न लगाई आश्रमका युवाहरुले रुख कटाएको कामदारहरुले बताएको उल्लेख गर्दै उनले भने ‘रुख काटिएको कुरा समाचारमा लेखिएको पढेपछि मात्र थाहा पाउँदा बढो दुःख लाग्यो र कसरी काटियो सोध्नु पर्‍यो ।’

प्रतिक्रिया