Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पूर्बको संगम इटहरीमा एक अर्ब तीस करोडको लगानीमा पाँच तारे होटल

पूर्बको संगम इटहरीमा एक अर्ब तीस करोडको लगानीमा पाँच तारे होटल

झापा चैत्र ५

सुनसरीको ईटहरीमा निर्माणधिन पाँचतारे होट सञ्चालनमा आउने भएको छ । होटल पूर्ण रुपमा सञ्चालनमा आउदा १ अर्ब ३० करोड लगानी पुग्नेछ । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गाको मूल्यांकन पनि शुरुवातमा भन्दा यतिबेला ह्वातै बढेको छ। होटल शुरुवातमा आंशिक मात्र सञ्चालनमा हुनेछ । विस्तारै पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा गरिमा होटल तयारीको अन्तिम चरणमा छ । धनकुटाको मारेकटहरेबाट व्यापार गर्न इटहरी झरेका भिम दुई दशकदेखि व्यवसायिक कर्ममा क्रियाशील छन् । २१ वर्षको उमेरमा बसन्तपुरमा साझेदारीमा नुनको व्यापार थालेका भिम २०५६ सालदेखि इटहरीमा व्यवसाय गरिरहेका छन् ।
आफ्नो व्यवसाय बढाउदै अहिले पूर्वी नेपालमै गनिने उद्यमी भएका हुन् ।आचार्य पनि दुई दशकअघिम्म मोरङ कानेपोखरी क्षेत्रको जहदामा किसानको धान खरीद विक्री गर्ने केन्द्र सञ्चालन गर्थे ।

व्यापार गर्नकै लागि इटहरी सरेका आचार्यले यहाँ गोरखा डिपार्टमेन्ट खोलेर सफलता हासिल गरेसँगै पूर्वका चारवटा शहरमा थप डिपार्टमेन्ट खोले सकेका छन् । आफ्नो व्यवसाय बढाउने क्रममा संयुक्त लगानीमा पाँचतारे होटल पनि थप्न लागेका हुन् ।होटलका निर्देशक विनोद पौडेलले वैशाखमा होटल सञ्चालन गर्ने लक्ष्य राखिएको होटलमा होटलको फिनिसिङ् अहिले युद्दस्तरमा चलिरहेको छ। होटल पाँच वर्ष अघिदेखि निर्माण थालिएको थियो ।

होटललाई पाँच तारे होटलको मान्यता दिन र होटलमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा आवेदन गरिएको उल्लेख गरे । ‘हाम्रो होटल पूर्वमा ठूलो हुनेछ,’ पौडेलले भने, ‘पाँच तारेको लागि प्रारम्भिक चरणको अनुमति भई सकेपनि अब थप लिन बाँकी छ ।’ उनकै शब्दमा पूर्वको पहिलो ठूलो होटल भने झापाको मेची क्राउन हो । मेची क्राउन भारत र वंगलादेशी पर्यटकलाईं नेपालसम्म तान्ने योजनाका साथ सञ्चालनमा आइ सकेको छ।

प्रतिक्रिया