Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पूर्बको संगम इटहरीमा एक अर्ब तीस करोडको लगानीमा पाँच तारे होटल

पूर्बको संगम इटहरीमा एक अर्ब तीस करोडको लगानीमा पाँच तारे होटल

झापा चैत्र ५

सुनसरीको ईटहरीमा निर्माणधिन पाँचतारे होट सञ्चालनमा आउने भएको छ । होटल पूर्ण रुपमा सञ्चालनमा आउदा १ अर्ब ३० करोड लगानी पुग्नेछ । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गाको मूल्यांकन पनि शुरुवातमा भन्दा यतिबेला ह्वातै बढेको छ। होटल शुरुवातमा आंशिक मात्र सञ्चालनमा हुनेछ । विस्तारै पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा गरिमा होटल तयारीको अन्तिम चरणमा छ । धनकुटाको मारेकटहरेबाट व्यापार गर्न इटहरी झरेका भिम दुई दशकदेखि व्यवसायिक कर्ममा क्रियाशील छन् । २१ वर्षको उमेरमा बसन्तपुरमा साझेदारीमा नुनको व्यापार थालेका भिम २०५६ सालदेखि इटहरीमा व्यवसाय गरिरहेका छन् ।
आफ्नो व्यवसाय बढाउदै अहिले पूर्वी नेपालमै गनिने उद्यमी भएका हुन् ।आचार्य पनि दुई दशकअघिम्म मोरङ कानेपोखरी क्षेत्रको जहदामा किसानको धान खरीद विक्री गर्ने केन्द्र सञ्चालन गर्थे ।

व्यापार गर्नकै लागि इटहरी सरेका आचार्यले यहाँ गोरखा डिपार्टमेन्ट खोलेर सफलता हासिल गरेसँगै पूर्वका चारवटा शहरमा थप डिपार्टमेन्ट खोले सकेका छन् । आफ्नो व्यवसाय बढाउने क्रममा संयुक्त लगानीमा पाँचतारे होटल पनि थप्न लागेका हुन् ।होटलका निर्देशक विनोद पौडेलले वैशाखमा होटल सञ्चालन गर्ने लक्ष्य राखिएको होटलमा होटलको फिनिसिङ् अहिले युद्दस्तरमा चलिरहेको छ। होटल पाँच वर्ष अघिदेखि निर्माण थालिएको थियो ।

होटललाई पाँच तारे होटलको मान्यता दिन र होटलमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा आवेदन गरिएको उल्लेख गरे । ‘हाम्रो होटल पूर्वमा ठूलो हुनेछ,’ पौडेलले भने, ‘पाँच तारेको लागि प्रारम्भिक चरणको अनुमति भई सकेपनि अब थप लिन बाँकी छ ।’ उनकै शब्दमा पूर्वको पहिलो ठूलो होटल भने झापाको मेची क्राउन हो । मेची क्राउन भारत र वंगलादेशी पर्यटकलाईं नेपालसम्म तान्ने योजनाका साथ सञ्चालनमा आइ सकेको छ।

प्रतिक्रिया