ताजा अपडेट
अब एक दिनमा कनेक्ट आईपीएसमार्फत २० लाखसम्म काराेबार गर्न सकिने
नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसमार्फत् हुने कारोबारकाे सीमा बढाएको छ । कम्पनीले आफ्नो वेब र माेबाइल एप दुवै प्लेटफर्मबाट हुने प्रतिदिनको कारोबार सीमा बढाएको हो । कम्पनीले वेबसाइटबाट एक दिनमा २० लाख र मोबाइल एपबाट दुई लाख रूपैयाँसम्म काराेबार गर्न सकिने बनाएकाे छ ।
त्यस्तै एकपटकमा वेबसाइटबाट काराेबार गर्दा १० लाख र माेबाइल एपबाट काराेबार गर्दा एक लाख रूपैयाँ सीमा ताेकिएकाे छ । अनलाइन भुक्तानीको प्रयाेग बढ्नुका साथै राम्रो प्रतिक्रिया आएका कारण राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर कम्पनीले कारोबार सीमा बढाएको हाे ।
नयाँ कारोबार सीमा परिवर्तन कनेक्ट आईपीएसले लागू गरिसकेको छ । परिवर्तित कारोबार सेवा कम्पनीका जोकोही सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।
यस्तै शेयर बजार, ब्रोकर तथा क्यापिटल मार्केटका लागि कनेक्ट आईपीएसले करिब ७ महिनाअघि तय गरेको प्रतिदिनको एक करोड कारोबार सीमालाई पनि कम्पनीले निरन्तरता दिएको छ । यसअघि शेयर बजार कारोबारका लागि प्रतिदिनको कारोबार सीमा १० लाख रुपैयाँ थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया